
काठमाडौं ।
सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक “ह्याण्ड रेजर” (प्रि-रिजर्भ ) अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम रु. २०,९९९ सम्मका विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्।
प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत, ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्। प्रि–रिजर्भ गर्ने ग्राहकहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्:
• १ टीबीसम्मको मेमोरी अपग्रेड (रु.१५,००० सम्म बराबर)
• ६० वाट फास्ट चार्जर (रु.५,९९९ सम्म बराबर)
यो एक्सचेन्ज सुविधा निम्न प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध छ:
• ग्यालेक्सी एस२३, एस२४ तथा एस२५
• आईडिभाइस : आईडिभाइस १४, १५ र १६
कम्पनीका अनुसार यो ह्याण्ड रेजर अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुनेछ। यस अवधिमा ग्राहकहरूले दर्ता गरी, आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ एआई–सञ्चालित स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।
यस पहलका बारेमा सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “ह्याण्ड रेजर अफरमार्फत हामी आफ्ना निष्ठावान ग्राहकहरूलाई प्रतिफल दिन चाहन्छौं। उहाँहरूले हाम्रो नवीनतम इनोभेसनमा अपग्रेड गर्ने तयारी गर्दा प्रारम्भिक पहुँच र थप मूल्य प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। यो कार्यक्रम नेपालका उपभोक्ताहरूलाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिविम्ब हो।”
यस पहलले सामसङको आफ्ना ग्राहकहरूलाई अर्थपूर्ण अपग्रेड, थप सुविधा तथा उत्कृष्ट मूल्य प्रदान गर्दै प्रतिफल दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछ, जसले गर्दा ग्राहकहरू नवीनतम अनुभव गर्ने पहिलोमध्ये पर्न सक्नेछन्।
ग्राहकहरूले samsungcampaigns.com मा गई ह्याण्ड रेजर अफर सेलेक्ट गरी आफ्नो विवरण बुझाएर तथा एक्सचेन्ज दर्ता प्रक्रिया पूरा गरेर आफ्नो प्रि–रिजर्भेशन सुनिश्चित गर्न सक्नेछन्।
ह्याण्ड रेजरका लागि चरणहरू:
चरण १: https://samsungcampaigns.com मा जानुहोस् वा तलको क्यूआर कोड स्क्यान गर्नुहोस्।
चरण २: ह्याण्ड रेजर अफर अन्तर्गत ‘रजिस्टर नाउ’ बटनमा क्लिक गर्नुहोस्।
चरण ३: आफ्नो मनपर्ने रिटेलर चयन गर्नुहोस्।
चरण ४: आफ्नो विवरणहरू भर्नुहोस्, जसमा तपाईंले किन्ने डिभाइस भेरियन्ट र एक्सचेन्ज गर्न चाहेको डिभाइस समावेश गर्नुहोस्, त्यसपछि सबमिटमा क्लिक गर्नुहोस्।
चरण ५: प्रि–कन्डिसनहरू निरीक्षण गर्नुहोस् र आफ्नो तत्कालीन डिभाइसको अवस्था पुष्टि गर्नुहोस्।
चरण ६: ह्याण्ड रेजर अफर लाइव भएपछि, पुनः अभियान वेबसाइटमा जानुहोस् र प्राप्त ओटीपी प्रविष्ट गर्नुहोस्।
चरण ७: प्रि–अर्डर फर्म पूरा गरी सबमिट गर्नुहोस्, त्यसपछि तपाईं अर्को ओटीपी प्राप्त गर्नुहुनेछ।
चरण ८: नयाँ ग्यालेक्सी स्मार्टफोन आइपुग्दा, चयन गरिएको रिटेलरमा ओटीपी सहित जानुहोस् र आफ्नो डिभाइस प्राप्त गर्नुहोस्।
साथै सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै किन्न सक्नेछन्।
यसमा शून्य प्रतिशत ब्याज, 0 प्रतिशत डाउन पेमेन्ट, र २४ महिनासम्मको किस्ता अवधि सहितका सजिला ईएमआई विकल्प उपलब्ध छन्। प्रक्रिया सरल छ र यसका लागि केवल तपाईंको नागरिकता प्रमाणपत्र आवश्यक पर्छ।
प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार