खल्तीमा रहेको मोटोरोला फोनमा यसरी लाग्यो आगो

  • Technology Khabar | १६ पुष २०८२, बुधबार
खल्तीमा रहेको मोटोरोला फोनमा यसरी लाग्यो आगो
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

सामाजिक सञ्जालमा अहिले एक जना मानिसको खल्तीमा बसिरहेको बेला मोटोरोला स्मार्टफोनमा आगो लागेको भिडियो फैलिएको छ।

एक्स प्रयोगकर्ता अभिषेक यादवले यो क्लिप डिसेम्बर ३० मा शेयर गरेको र इन्स्टाग्राम खाता shubhxr_३६९ बाट पुनः पोस्ट गरेका थिए। उक्त क्लिपमा देखिएको नीलो रङ्गको मोटोरोला जी–सिरिजको मोटो जी५४ भएको भन्ने विश्वास गरिएको छ र फोनको पछाडिको प्यानलमा ठूलो क्षति भएको छ। साथै भिडियोमा फोनको प्लास्टिक पग्लिएको र स्क्रिन फुटेर कालो भएको देखिन्छ।

फोन मालिकको जिन्समा आगोले ठूलो प्वाल पारेको देख्न सकिने छ। उनले डिभाइस त्यतिबेला प्रयोगमा नभएको दावी गरेका छन्। साथै कुनै गम्भीर चोटपटक नलागेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

यो घटनाले फेरि एक पटक लिथियम–आयन ब्याट्री सुरक्षाको बारेमा चिन्ताहरू उठाएको छ। आधुनिक स्मार्टफोन ब्याट्रीहरूले प्रयोग गर्ने सफ्ट (नरम) पाउच सेलहरू हिंसात्मक विस्फोटको जोखिम कम गर्न डिजाइन गरिएको हुन्छ भने तिनीहरू भौतिक क्षतिको लागि पनि बढी जोखिममा हुने बताइएको छ। यी अवस्थामा, उच्च–तापमानको आगोले अझै पनि गम्भीर चोटपटक निम्त्याउन सक्छ।

यो घटनाको सही कारण पत्ता लगाउनको लागि निर्माताद्वारा उचित अनुसन्धान आवश्यक पर्नेछ र मोटोरोलाले भने कुनै टिप्पणी नगरेको रिपोर्ट गरिएको छ।

मोटोरोला फोनसँग सम्बन्धित यस्तै घटनाहरू विगतमा पनि रिपोर्ट गरिएका छन्। फेब्रुअरी २०२५ मा, ब्राजिलमा एक महिलाले किनमेल गर्दा आफ्नो मोटो ई३२ मा आगो लागेको थियो। मोटोरोलाले पछि यस्ता घटनाहरू दुर्लभ भएको र प्रायः दोष वा क्षतिसँग सम्बन्धित हुने गरेको बताएको थियो।

हालैका वर्षहरूमा देखा परेका अनलाइन रिपोर्टहरू अनुसार २०२४ को रेडिट पोस्टले मोटो जी पावर फाइभजी अत्यधिक तातो हुने र खल्तीमा आगो लाग्ने उल्लेख गरेको छ।

प्रकाशित: १६ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार