सवारीचालक अनुमतिपत्र छपाइ तीव्र

  • Technology Khabar | २४ मंसिर २०८२, बुधबार
सवारीचालक अनुमतिपत्र छपाइ तीव्र

काठमाडौं ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो।

यातायात व्यवस्था विभागबाट सवारीचालक अनुमतिपत्र छपाइका लागि तथ्याङ्क (डाटा) उपलब्ध गराइएसँगै केन्द्रले लाइसेन्स छपाइको कामलाई तीव्रता दिएको छ।

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले यातायात व्यवस्था विभागबाट केन्द्रले माग गरेको ढाँचा अनुसारको तथ्याङ्क पठाउने कामलाई तीव्रता दिएसँगै केन्द्रमा लाइसेन्स छपाइको कामले गति लिएको बताए।

तिमल्सिनाले भने, “यातायात व्यवस्था विभागबाट हालसम्म केन्द्रको ढाँचा अनुसारको ६ हजार थान लाइसेन्स छपाइका लागि तथ्याङ्क आएकोमा हालसम्म केन्द्रले चार हजार ११९ थान लाइसेन्स छपाइ (प्रिन्ट) गरेर हस्तान्तरण गरिसकेको छ।” उनले सोमबार केन्द्रमा एक हजार आठ सय थान लाइसेन्स छपाइ गरेको बताउँदै सोमबार छापिएका लाइसेन्स मङ्गलबार विभागलाई हस्तान्तरण गरिएको जानकारो दिए।

“विभागले वैदेशिक रोजगारोमा जानेलगायतका अत्यावश्यक लाइसेन्स छपाइका लागि भन्दै तथ्याङ्क पठाउँदै आएको छ। केन्द्रले हाल हप्तामा दुई दिन र आवश्यक परेको खण्डमा अरू दिन पनि लाइसेन्स छपाइको काम गर्दै आएको छ,” उपसचिव तिमल्सिनाले थपे।

उनले केन्द्रले मुद्रणसँग सम्बन्धित विभिन्न विधाका नौ जना इन्जिनियर नियुक्त गरो उनोहरूलाई तालिमका साथै लाइसेन्स छपाइको काममा लगाएको बताए।

उनले केन्द्रमा एक हजार थान लाइसेन्सको तथ्याङ्क आएपछि छपाइको काम गर्ने जनाए। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच कात्तिक १२ गते ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सहमति भएको उहाँले जानकारी दिए।

केन्द्र र विभागबिच पहिलो तीन महिना केन्द्रले दैनिक पाँच सय वटा लाइसेन्स छाप्ने र बाँको तीन महिनामा १२ लाखमध्ये बाँको रहेका झन्डै साढे ११ लाख लाइसेन्स छपाइ गर्ने सहमति भएको हो।

विभागले १२ लाख लाइसेन्स छपाइबापत केन्द्रलाई करिब २६ करोड रुपियाँ भुक्तानी गर्ने सहमति रहेको छ। केन्द्रले पहिलो चरणमा पेपर बेस्ड र कार्ड बेस्ड छापाखानाको काम गर्ने योजना अनुरूप तत्कालका लागि सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो।

सरकारले राहदानो, बैंक नोटलगायतका वस्तुको छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशो बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले छापाखाना स्थापना गर्ने योजना अघि सारेको हो। सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) निर्माणको काम सुरु गरेको हो।

सुरक्षण मुद्रण छापाखाना सञ्चालन भएपछि सुरक्षण मुद्रणको काममा विदेशी कम्पनीमा जाने अनुमानित १० अर्ब रुपियाँ स्वदेशमा नै लगानी हुने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत थप नेपालो १० अर्ब रुपियाँ राष्ट्रिय ढुकुटीमा सङ्कलन हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २४ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×