खगोल/अन्तरिक्ष

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण
Global IME Bank

चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ।

याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डाटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो।-रासस

Sajilo Visa
easy care