विद्युत प्राधिकरणको अनलाईन सेवा मध्यरातदेखि ४८ घण्टासम्म पूर्णरुपमा बन्द

  • Technology Khabar | २८ कार्तिक २०८२, शुक्रबार
विद्युत प्राधिकरणको अनलाईन सेवा मध्यरातदेखि ४८ घण्टासम्म पूर्णरुपमा बन्द

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको अनलाईन सेवा आज मध्यरातीदेखि ४८ घण्टासम्म पूर्णरुपमा बन्द हुने भएको छ।

प्राधिकरणले प्रणाली स्तरोन्नति र मर्मतसम्भार कार्यको लागि आज मध्यरात अर्थात शनिबारदेखि आइतबार मध्यरातसम्म अनलाईन मार्फत हुने महशुल संकलन तथा भुक्तानी इभी चार्जिङ्ग लगायतका कार्यहरु बन्द हुने जानकारी दिएको छ।

“अनलाईन सेवाहरुको System Upgrading and Maintenance कार्यको लागि मिति २०८२ कार्तिक २९ गते विहान ००:०० बजेदेखि २०८२ कार्तिक ३० गते राती २४:०० बजेसम्म (४८ घण्टा) इन्टरनेट/इन्ट्रानेट सेवाको माध्यमबाट संचालन हुने सम्पूर्ण सेवाहरु बन्द हुने व्यहोरा आम उपभोक्ता वर्गमा जानकारीको लागि अनुरोध छ,” प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचनामा भनेको छ।

यस्तै, प्रणाली स्तरोन्नति र मर्मतसम्भार (System Upgrading and Maintenance) कार्य यथासम्म छिटो सम्पन्न गर्न प्रयास गरिने र सो सम्पन्न हुनासाथ सेवा सुचारु गरिने बताएको छ।

अनलाईन मार्फत महशुल संकलन तथा भुक्तानी कार्य, ने.वि.प्रा.को चार्जिङ्ग स्टेशनबाट उपलब्ध हुने चार्जिङ्ग सेवा, महशुल संकलन तथा भुक्तानी कार्य, स्मार्ट मिटररिडिङ्ग तथा अनलाईन विलिङ्ग सम्बन्धि कार्य, स्मार्ट सडक बत्ती संचालन कार्य तथा संस्थाको आधिकारीक वेबसाइट तथा मोबाइल एपसमेत पूर्णरुपमा बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार