विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २८ कार्तिक २०८२, शुक्रबार
विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरी साइबर ब्युरोले विदेशी पर्यटकलाई यात्रा सहजीकरणको नाममा अनलाइन मार्फत ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका अल्टिट्यूड राईडर्स प्रा.लि. का संस्थापक ४० वर्षीय विशु सिंजाली रहेको ब्यूरोका वक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।

सिंजालीले “मेरी अल्ट्राट्रिप्स ग्लोबल प्रा. लि.” को नाम प्रयोग गरी होटल बुकिङ, बस–भाडा लगायतका सेवा उपलब्ध गराइदिने भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त कम्पनीले ३० प्रतिशतको छुटको प्रलोभन देखाएर पर्यटकलाई सेवाको प्रस्ताव गर्ने, अग्रिम भुक्तानी लिने र सेवा नदिएको गुनासो प्रहरीमा दर्ता भएपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानमा आरोपीले सामाजिक सन्जाल र अनलाइन माध्यमलाई प्रयोग गरी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रमाण फेला परेको साइबर ब्युरोले जनाएको छ।

ब्युरोले प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाबाट नियन्त्रणमा लिइएको र उनलाई अदालतबाट ५ दिनको अनुमति लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रहरीको अनुसन्धान टोलीले फौजदारी कसूर सम्बन्धी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।

साइबर अपराधका घटना बढ्दै गएपछि नेपाल प्रहरीले अनलाइन आर्थिक कारोबार तथा सेवाप्रदायकप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोला मोटो जी४७ घोषणा

  • २८ कार्तिक २०८२, शुक्रबार

China explores, develops better datasets for smarter digital future

  • २८ कार्तिक २०८२, शुक्रबार

Govt focuses on safe, inclusive and sustainable digital ecosystem: Minister Timilsina

  • २८ कार्तिक २०८२, शुक्रबार

Meta raises specter of shutting down service to New Mexico in legal clash over child safety

  • २८ कार्तिक २०८२, शुक्रबार