टोटल इनर्जीले गुगललाई १.५ टेरावाट आवर सौर्य ऊर्जा आपूर्ति गर्ने

Technology Khabar २७ कार्तिक २०८२, बिहीबार

टोटल इनर्जीले गुगललाई १.५ टेरावाट आवर सौर्य ऊर्जा आपूर्ति गर्ने
तस्बिर: रोयटर्स

काठमाडौं ।

फ्रान्सेली ऊर्जा कम्पनी टोटलएनर्जीले १५ वर्षको विद्युत् खरिद सम्झौतामा गुगललाई ओहायोस्थित मण्टपेलियर सौर्य उर्जाघरबाट १.५ टेरावाट घण्टा नवीकरणीय बिजुली आपूर्ति गर्ने सम्झौता गरेको बुधबार जनाएको छ।

समाप्तिको चरणमा पुगेको उक्त सौर्य परियोजना अमेरिकाको सबैभन्दा ठूलो पीजेएम ग्रिडसँग जडान गरिएको छ, जसले गूगलका ओहायोस्थित डाटा सेन्टर सञ्चालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ।

“यो सम्झौताले नवीकरणीय र लचिलो स्रोतहरूको संयोजन प्रयोग गरेर ठूला प्राविधिक कम्पनीहरूको बढ्दो उर्जा आवश्यकताहरू पूरा गर्ने टोटलएनर्जीको क्षमतालाई देखाउँछ,” टोटलएनर्जीका ग्यास, नवीकरणीय र पावर विभागका अध्यक्ष स्टेफान मिशेलले भने।

रोयटर्सका अनुसार टोटलएनर्जीको बढ्दो विद्युत् लगानीले कम्पनीलाई स्थिर आम्दानी सुनिश्चित गर्न र तेल तथा ग्यास क्षेत्रका उतार–चढावबाट बच्न सहयोग गरिरहेको प्रमुख कार्यकारी अधिकृत प्याट्रिक पुआन्नेले यसअघि अबुधाबीमा आयोजित एडीपेक सम्मेलनमा बताएका थिए।

पेरिसमा सूचीकृत कम्पनीले अमेरिकाभित्र सौर्य, हावाबाट बिजुली र ब्याट्री भण्डारण परियोजनासहित १० गिगावाट क्षमताको पोर्टफोलियो विस्तार गरिरहेको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया