एक्टिभिजन ब्लिजार्डले माइक्रोसफ्ट खरीद सम्झौतामा शेयरधनीलाई घाटा पुर्याएको उजुरीको सामना गर्नुपर्ने

  • Technology Khabar | २८ आश्विन २०८२, मंगलवार
एक्टिभिजन ब्लिजार्डले माइक्रोसफ्ट खरीद सम्झौतामा शेयरधनीलाई घाटा पुर्याएको उजुरीको सामना गर्नुपर्ने

काठमाडौं ।

डेलावेयरकी एक न्यायाधीशले कल अफ ड्युटी गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्डका सीईओ बोबी कोटिकसहित पूर्व अधिकारीहरू समावेश शेयरधनीहरूको हकमा गरिएको ७५.४ अर्ब डलरको माइक्रोसफ्ट खरीद सम्झौतामा उनीहरूले शेयरधनीहरूलाई घाटा पुर्‍याएको आरोपमा दायर मुद्दाको अधिकांश भाग सामना गर्नुपर्ने निर्णय गरेकी छन्।

डेलावेयर चान्सरी कोर्टकी च्यान्सलर क्याथालिन म्याककर्मिकले बिहीबार प्रस्तावित सामूहिक मुद्दामा संलग्न शेयरधनीहरूले कोटिक र अन्य एक्टिभिजन निर्देशकहरूले आफ्नो निष्ठा सम्बन्धी दायित्व उल्लङ्घन गरेको ‘मुख्य’ दावी अघि बढाउन सक्नेछन्। उनले माइक्रोसफ्टविरुद्धका दुई दावी भने खारेज गरेकी छन्।

रोयटर्सका अनुसार स्विडेनको पेन्शन कोष सुन्डे एपी-फोन्डेनले नेतृत्व गरेको शेयरधनी समूहले कोटिकले आफ्नै पद र ४० करोड डलर बराबरको बोनस सुरक्षित गर्न र कम्पनीभित्रको यौन उत्पीडनसम्बन्धी आरोपहरूबाट जोगिन हतार हतारमा मर्जर अघि बढाएको आरोप लगाएका थिए।

उनीहरूले प्रति शेयर ९५ डलरको खरिद मूल्य सुरुदेखिनै कम रहेको र अक्टोबर २०२३ मा अन्तिम स्वीकृति पाउँदासम्म एक्टिभिजनको वित्तीय प्रदर्शन सुधारिँदै गएपछि त्यो मूल्य अझै अनुचित देखिएको बताएका छन्।

मुद्दा सार्वजनिक भएपछि अक्टोबर ७ मा कोटिकका मानहानि सम्बन्धी कानुनी सल्लाहकारहरूले एक्टिभिजनमा व्यापक यौन उत्पीडन भएको भन्ने दाबी अस्वीकार गर्दै पत्र पठाएका थिए। “कुनै पनि अनुसन्धान, अदालतको निर्णय वा आदेशले ती दाबीहरूमा कुनै सार्थकता पाएको छैन,” भनेर क्लाएर लक कानुनी फर्मका टम क्लाएर र निक ब्रेकबिलले लेखेका थिए।

८३ पृष्ठ लामो निर्णयमा न्यायाधीश म्याककर्मिकले कोटिकले माइक्रोसफ्टको पक्षमा बिक्री प्रक्रिया प्रभावित पारेको भन्ने पर्याप्त आधार भेटिएको बताएकी छन्, किनभने “माइक्रोसफ्टले छिटो सम्झौता, निश्चितता र सम्भावित अनुकूल वातावरण” प्रस्ताव गरेको थियो।

उनले विशेष गरी जब यौन उत्पीडनसम्बन्धी विवादहरूले कम्पनीको सेयर मूल्य घटाइरहेको बेला कम मूल्यमा बिक्री सहमति जनाइएपछि एक्टिभिजनका निर्देशकहरूले कोटिकका व्यक्तिगत स्वार्थलाई शेयरधनीहरूको स्वार्थभन्दा माथि राखेका हुनसक्ने निष्कर्ष पनि निकालेकी छन्।

तर उनले माइक्रोसफ्टले ती उल्लङ्घनहरूमा सक्रिय रूपमा साथ दिएको दावी अस्वीकार गरेकी छन्, यद्यपि कम्पनी “निष्क्रिय रूपमा हेरेर बसेको” हुनसक्ने उल्लेख गरेकी छन्। अन्य केही दावीहरू पनि उनले खारेज गरेकी छन्।

“अब मुद्दाको संक्षिप्त रूपमै भए पनि वास्तविक सुनुवाइ सुरु हुन सक्छ,” म्याककर्मिकले लेखेकी छन्, “गेम सुरु भयो।”

माइक्रोसफ्टका प्रवक्ताले भने, बाँकी रहेका दावीहरू अन्ततः गलत सावित हुने विश्वास कम्पनीलाई रहेको बताएका छन्। “यो खरीद सम्झौता निष्पक्ष रूपमा गरिएको थियो र यसले एक्टिभिजनका शेयरधनीहरूलाई ठूलो मूल्य प्रदान गरेको छ,” उनले थपे। शेयरधनीहरूका वकिलहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २८ आश्विन २०८२, मंगलवार