सचिव शर्माद्वारा यातायातमन्त्री घिसिङलाई ब्रिफिङ: लाइसेन्स सफ्टवेयरमा समस्या, लाखौं इम्बोस्ड नम्बर प्लेट जले

Technology Khabar ३० भाद्र २०८२, सोमबार

सचिव शर्माद्वारा यातायातमन्त्री घिसिङलाई ब्रिफिङ: लाइसेन्स सफ्टवेयरमा समस्या, लाखौं इम्बोस्ड नम्बर प्लेट जले

काठमाडौं ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष मन्त्रालयका सचिवले जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति तथा लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर भएको क्षतिबारे ब्रिफिङ गरेका छन्।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा सचिव शर्माले मन्त्री घिसिङसमक्ष सचिव शर्माले जेनजी आन्दोलनका कारण भौतिक पूर्वाधारमा भएको व्यापक क्षति, लाइसेन्स सफ्टवेयरमा आएको समस्या र कर्मचारी अभाव लगायतका गम्भीर चुनौतीलगायत मन्त्रालयको सङ्गठनात्मक संरचना, सडक, यातायात व्यवस्था र रेल विभाग लगायतका तीन मुख्य विभागहरू र मातहतका अन्य निकायहरूबारे परिचय गराएका थिए।

उनले लाइसेन्सको सफ्टवेयर क्षतिग्रस्त हुनु सबैभन्दा ठुलो चुनौती हुनसक्ने बताउँदै सचिव शर्माले त्यसलाई पुनःसुचारु गर्नु निकै चुनौतीपूर्ण हुने समेत बताए। यसबाहेक उनले ५ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेटहरू पनि जलेर नष्ट भएको बताए।

योसँगै सरकारले नयाँ सवारी साधनको नामसारी तथा ब्लुबूक नवीकरणका बेला अनिवार्य रुपमा इम्बोस्ड नम्बर लगाउनुपर्ने नियम तत्कालका लागि लागू गर्न नसकिने भएको छ।

सोही क्रममा यातायात व्यवस्था विभागको भवन जलेर आधा भाग पूर्ण रुपमा प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको र बाँकी आधा भाग मर्मत सम्भारपछि मात्र चलाउन सकिने अवस्थामा रहेको उनले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार