जीमेलले गुगल च्याट इन्टिग्रेसनको साथ थप उन्नत नोटिफिकेसनहरू ल्यायो

  • Technology Khabar | २१ भाद्र २०८२, शनिबार
जीमेलले गुगल च्याट इन्टिग्रेसनको साथ थप उन्नत नोटिफिकेसनहरू ल्यायो

काठमाडौं ।

गुगलले जीमेल र गुगल च्याटको इन्टिग्रेसनको सुधार गर्ने कार्यमा कहिल्यै पनि रोकिने गरेको छैन।

गुगलले जीमेललाई सञ्चारको लागि केन्द्रीय स्थानको रूपमा विकास गर्न जारी राखेको अवस्थामा प्रयोगकर्ताहरूले अब चाँडै नै गुगल च्याटसँगको इन्टिग्रेसन (एकीकरण) को साथ केही उपयोगी सुविधाहरूबाट लाभ उठाउन सक्ने उल्लेख गरिएको छ।

एपको पछिल्लो अपडेटमा कोड स्निपेटहरू फेला परेको र यसले तीन नयाँ सुविधाहरूलाई औंल्याउने एन्ड्रोइड अथोरिटीले बताएको छ। पहिलो सुविधामा नोटिफिकेसन समरिज रहेको छ जसले एप नखोलीकनै नोटिफिकेसनमा सिधै सन्देशहरू हेर्न अनुमति दिनेछ।

दोस्रो सुविधामा अटोम्याटिक कन्भर्सेसन समरिज रहेको छ जसको कारण जीमेलले अब धेरै अधूरा सन्देशहरूको लामो कुराकानीहरूको छोटो सारांश देखाउन सक्नेछ।

त्यसैगरी तेस्रो सुविधामा, सायद सबैभन्दा अनुरोध गरिएको सुविधा रिएक्सन नोटिफिकेसनसँग सम्बन्धित रहेको बताइएको छ। कसैले म्यासेजमा इमोजीको साथ प्रतिक्रिया दिएपछि जीमेलले यसको बारेमा सूचित गर्ने जनाइएको छ।

यद्यपि, यी तथाकथित एपीके टियरडाउन विश्लेषणबाट प्राप्त निष्कर्षहरू भएको हुनाले यी सबै सुविधाहरू एप्लिकेसनको अन्तिम संस्करणमा हुनेछन् भन्ने कुनै पनि निश्चितता नभएको उल्लेख गरिएको छ।

यदि गुगलले यी सुविधाहरूलाई लागू गर्ने निर्णय गरेको खण्डमा भने जीमेल दैनिक सञ्चारको लागि र विशेष गरी गुगल च्याट बढ्दो रूपमा प्रयोग गरिने व्यावसायिक वातावरणमा अझ प्रभावकारी उपकरण बन्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...