गुगल प्ले सर्भिसेसको पछिल्लो अपडेटमा सुरक्षाको अतिरिक्त तह उपलब्ध

Technology Khabar २१ भाद्र २०८२, शनिबार

काठमाडौं ।

गुगलले गुगल प्ले सर्भिसेसको पछिल्लो अपडेट भित्र एउटा नयाँ विकल्प प्रस्तुत गरेको छ जसले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई सुरक्षाको अतिरिक्त तह ल्याएको छ।

विशेष गरी, एण्टी–थेफ्ट सिस्टम सेटिङहरू अब स्वचालित रूपमा गुगलको क्लाउडमा सेभ हुनेछन् र डाटा पुनस्र्थापना गर्दा वा नयाँ डिभाइसमा स्विच गर्दा यी सेटिङहरू म्यानुअल एक्टिभेसनको आवश्यकता बिना पुनस्र्थापित हुनेछन्।

यस प्याकेजमा थेफ्ट डिटेक्सन लक, अफलाइन डिभाइस लक र रिमोट लक जस्ता सुविधाहरू समावेश छन् जसले प्रयोगकर्ताहरूलाई चोरी वा हराएको अवस्थामा पनि आफ्नो फोन सुरक्षित गर्न अनुमति दिनेछ।

अहिलेसम्म, यी सबै विकल्पहरू फ्याक्ट्री रिसेट वा अर्को डिभाइसमा स्विच गरेपछि पुनः सक्षम गर्नुपर्ने अवस्था रहँदै आएको थियो।

यद्यपि ब्याकअप हालको अवस्थामा मात्र लागू हुने बताइएको छ र यदि सुरक्षा सुविधाहरू असक्षम पारिएको थियो भने तिनीहरू सेभ गरिएको डाटा पुनस्र्थापना गरेपछि पनि त्यस्तै रहनेछन् भन्ने कुरामा ध्यान दिन आग्रह गरिएको छ।

नयाँ कार्यक्षमता प्ले सर्भिसेसको संस्करण २५.३४ मार्फत आउने र यसको वितरण, प्रायः जस्तो सेप्टेम्बरको समयमा क्रमिक रूपमा हुनेछ। त्यसैले यो सबै प्रयोगकर्ताहरूका लागि तुरुन्तै उपलब्ध नहुन सक्छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया