प्रयोगकर्ताहरूलाई नयाँ भाषाहरू सिकाउन एआईको प्रयोग गर्दै गुगल ट्रान्सलेट

  • Technology Khabar | १६ भाद्र २०८२, सोमबार
प्रयोगकर्ताहरूलाई नयाँ भाषाहरू सिकाउन एआईको प्रयोग गर्दै गुगल ट्रान्सलेट

काठमाडौं ।

गुगलले प्रयोगकर्ताहरूलाई उनीहरूको मनपर्ने भाषामा व्यक्तिगत लिस्निङ (सुन्ने) र स्पिकिङ (बोल्ने) अभ्यास सत्रहरू सिर्जना गरेर नयाँ भाषाहरू अभ्यास गर्नको लागि गुगल ट्रान्सलेटमा अब जेमिनी एआई प्रयोग गरिरहेको रिपोर्ट गरिएको छ।

“तपाईं कुराकानी अभ्यास गर्न खोज्ने सिकारु हुनुहुन्छ वा आगामी यात्राको लागि आफ्नो शब्दावली निर्माण गर्न खोज्ने उन्नत भाषा सिक्ने व्यक्ति हुनुहुन्छ, गुगल ट्रान्सलेटले अब तपाईंको लागि पर्सनलाइज्ड लिस्निङ (व्यक्तिगत सुन्ने) र स्पिकिङ (बोल्ने) अभ्यास सत्रहरू सिर्जना गर्न सक्छ। यी अन्तरक्रियात्मक अभ्यासहरू तुरुन्तै उत्पन्न हुने र बुद्धिमानीपूर्वक तपाईंको सीप स्तरमा अनुकूल हुनेछन्,” गुगलका उत्पादन प्रबन्धक म्याट शीट्सले भने।

गुगल ट्रान्सलेट एप खोलेर “प्य्राक्टिस” चयन गरेर आफ्नो सीप स्तर र लक्ष्यहरू सेट गर्दै यसलाई धेरै सजिलो तवरले सुरु गर्न सकिने बताइएको छ। त्यसैगरी गुगलले ट्रान्सलेट एपमा रियल–टाइम ट्रान्सलेसनहरू जस्ता ल्याङ्गवेज लर्निङ टुल्समा अन्य अपडेट (अद्यावधिक) हरूको पनि घोषणा गरेको छ।

यी सबै अपडेटहरू गुगलको आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङबाट आएको र कम्पनीलाई “ट्रान्सलेसन क्वालिटी (अनुवाद गुणस्तर), मल्टिमोडल ट्रान्सलेसन र टेक्स्ट–टु–स्पीच (टीटीएस) क्षमताहरूमा प्रमुख प्रगति” गर्न मद्दत गरेको भनि कम्पनीले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...