गुगलद्वारा जेमिनीमा के “सम्झने” र के “बिर्सने” भनेर छनोट गर्ने क्षमता प्रस्तुत

  • Technology Khabar | ६ भाद्र २०८२, शुक्रबार
गुगलद्वारा जेमिनीमा के “सम्झने” र के “बिर्सने” भनेर छनोट गर्ने क्षमता प्रस्तुत

काठमाडौं ।

गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स एप जेमिनीमा एक नयाँ सुविधा प्रस्तुत गरेको छ। गुगलले जेमिनीमा अब अघिल्ला कुराकानीहरू स्वचालित रूपमा सम्झने क्षमता प्रस्तुत गरेको जुन प्रयोगकर्ताले चाहेको खण्डमा तिनीहरूलाई पूर्ण रूपमा बिर्सने विकल्प पनि प्रदान गरेको छ।

नयाँ पर्सनल कन्टेक्स्ट सुविधाले जेमिनीलाई थप व्यक्तिगत र सटीक प्रतिक्रियाहरू प्रदान गर्न अघिल्ला कुराकानीहरू प्रयोग गर्न अनुमति दिने टेलिग्राफले रिपोर्ट गरेको छ।

यो विकल्प डिफल्ट (पूर्वनिर्धारित रूपमा) इनेबल रहेको भए तापनि सेटिङहरूमार्फत सजिलै असक्षम गर्न सकिन्छ (सेटिङ्हरू → पर्सनल कन्टेक्स्ट → जेमिनीसँगको तपाईंको विगतका कुराकानीहरू)।

ट्रेस बिना कुराकानी चाहनेहरूका लागि, यहाँ टेम्पोररी कन्भर्सेसन्स पनि उपलब्ध रहेको बताइएको छ–जुन कुराकानीहरू सेभ नगरिने र मोडेललाई तालिम दिन प्रयोग गरिने छैन। साथै टेम्पोररी कन्भर्सेसन्स ७२ घण्टा भित्र मेटाइने थप उल्लेख गरिएको छ। त्यसैगरी तिनीहरू हालसालैका कन्भर्सेसन्स लिस्ट (कुराकानीहरूको सूची) मा पनि देखा पर्ने छैन।

यी परिवर्तनहरूका साथै, गुगलले “जेमिनी एप एक्टिभिटी” विकल्पको नाम पनि “किप एक्टिभिटी”मा परिवर्तन गर्ने भएको छ। यसले प्रयोगकर्ताहरूलाई सेवा सुधार गर्न उनीहरूको फाइलहरू, फोटोहरू र गतिविधिहरू प्रयोग गर्ने कि नगर्ने भनेर निर्णय गर्न अनुमति दिनेछ। यो सेटिङ सेप्टेम्बर २, २०२५ देखि मान्य हुनेछ।

पर्सनल कन्टेक्स्ट सुविधा हाल चुनिएका देशहरूमा जेमिनी २.५ प्रो प्रयोगकर्ताहरूका लागि उपलब्ध छ र २.५ फ्ल्यास संस्करणमा यसलाई अझ व्यापक रूपमा प्रस्तुत गरिने छ।

यस कदमसँगै, गुगलले निजीकरण र गोपनीयता बीच सन्तुलन राख्ने प्रयास गरिरहेको बताइएको छ जसले प्रयोगकर्ताहरूलाई जेमिनीले के “सम्झने” र के “बिर्सने” भनेर सधैंभरि छनौट गर्ने क्षमता दिने छ।

प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार