गुगल पिक्सेल १० प्रो फोल्डको पूर्ण स्पेसिफिकेसन बाहिरियो

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

गुगल पिक्सेल १० प्रो फोल्डको आधिकारिक अनावरण हुन अब केही दिन मात्र बाँकी रहेको छ। डिभाइसको अनावरण केही दिन मात्र टाढा हुँदा लीकहरु आउने क्रममा भने सुस्तताको कुनै संकेत देखिँदैन। पछिल्लो लीकले आधिकारिक लन्च अघि फोल्डेबलको पूर्ण स्पेसिफिकेसनहरूको बारेमा खुलासा गरेको छ।

गुगलको फोल्डेबलमा ६० देखि १२० हर्ज रिफ्रेस रेट, १०८० x २३६४ पिक्सेल रिजोल्युसन र ३,००० निट्सको पीक ब्राइटनेस भएको ६.४ इन्चको एलटीपीएस ओएलईडी कभर स्क्रिन हुनेछ। भित्र, १० प्रो फोल्डमा २०७६ x २१५६ पिक्सेल रिजोल्युसन र ३,००० निट्स पीक ब्राइटनेस भएको ८ इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले हुनेछ।

यो फोल्डेबलमा टाइटन एम२ चिप, १६ जीबी एलपीडीडीआर५एक्स र्याम र १टीबी यूएफएस ४.० स्टोरेजको साथ टेन्सर जी५ एसओसी समावेश गरिने छ।

फोल्डेबलको पछाडि ट्रिपल क्यामरा सेटअप रहेको छ जसमा ४८ मेगापिक्सेलको प्राथमिक सेन्सरको साथ १२७ डिग्रीको एफओभी भएको १०.५ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा र ५x अप्टिकल जुम भएको १०.८ मेगापिक्सेलको टेलिफोटो युनिट हुनेछ। १० प्रो फोल्डमा दुईओटा सेल्फी क्यामराहरू हुनेछन् र दुवैमा ८७ डिग्रीको एफओभी भएको १० मेगापिक्सेलको सेन्सर प्रयोग गरिनेछ।

फोल्डेबलमा हुने ५,०१५ एमएएच ब्याट्रीले ३० वाट फास्ट चार्जिङलाई समर्थन गर्नेछ भने यसले ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्ने दाबी गरिएको छ। यसले १५वाट क्यूआई २ वायरलेस चार्जिङ समर्थन पनि प्रदान गर्नेछ। यसले एन्ड्रोइड १६ लाई चलाउनेछ भने सात वर्षको ओएस अपडेट, सुरक्षा प्याच र पिक्सेल ड्रपहरू प्राप्त गर्नेछ।

आईपी६८ प्रमाणित हुने गुगलको पिक्सेल १० प्रो फोल्डको तौल २५८ ग्राम हुनेछ। फोल्ड गर्दा यसको मापन १०.८ एमएम र खुला अवस्थामा हुँदा ५.२ एमएम हुनेछ। फोन मूनस्टोन र जेड रङ्गहरूमा उपलब्ध हुनेछ। यस डिभाइसले वाई–फाई ७, ब्लुटुथ ६, एनएफसी, यूडब्ल्यूबी, डुअल सिम (न्यानो + ईसिम), स्टेरियो स्पिकरहरू, ट्रिपल माइक्रोफोनहरू, र साइड माउण्टेड फिङ्गरप्रिण्ट सेन्सर पनि प्रदान गर्नेछ।

गुगल पिक्सेल १० प्रो फोल्ड अगस्ट २० मा अन्य पिक्सेल १० फोनहरू, पिक्सेल वाच ४ र पिक्सेल बड्स २ए सँगसँगै अनावरण गरिनेछ। साथै, फोल्डेबल अक्टोबरमा बिक्रीमा आउने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया