गुगल मेसेजेजको अनसेन्ड सुविधा अब सबैलाई उपलब्ध

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

गुगलले बिस्तारै आफ्नो मेसेजेज एपलाई अगाडि बढाइरहेको छ। साथै आरसीएस मेसेजिङलाई समर्थन गर्न थालेदेखि एपले धेरै सुविधाहरू प्राप्त गरेको छ जसमा मूल गुणस्तरमा फोटोहरू पठाउने क्षमता पनि समावेश रहेको छ। त्यसैगरी, सबैभन्दा भर्खरको एउटा महत्त्वपूर्ण सुविधा भनेको यसले अब मेसेज (सन्देश) हरू अनसेन्ड गर्न अनुमति दिने भएको छ।

आरसीएस (रिच कम्युनिकेसन सर्भिसेज) प्रोटोकलले गर्दा अब गुगलले सेण्डर (प्रेषक) को स्क्रिनमा मात्र नभई रिसिभर (प्रापक) को स्क्रिनमा पनि पठाइएका म्यासेज (सन्देश) हरू मेटाउन सम्भव बनाइरहेको रिपोर्ट गरिएको छ।

केही महिना अघि सोर्स कोडमा पहिलो पटक देखा परेका सुविधाको संकेतहरू गुगलले अब यसलाई सबै गुगल मेसेज प्रयोगकर्ताहरूलाई उपलब्ध गराउने भएको छ।

एकचोटि मेसेज (सन्देश) चयन गरेर र ट्र्यास क्यान आइकनमा ट्याप गरेर म्यासेज (सन्देश) मेटाउने प्रयास गरेपछि, “डिलिट फर एभ्रिवान” (सबैका लागि मेटाउनुहोस्) र “डिलिट फर मी” (मेरो लागि मेटाउनुहोस्) बीच छनौट गर्न सोध्ने प्रम्प्ट पप अप हुनेछ।

अन्य धेरै मेसेजिङ एप्लिकेसनहरूमा उपलब्ध हुँदै आएको यो सुविधा भने सञ्चारको लागि नेटिभ गुगल म्यासेज एप प्रयोग गर्नेहरूका लागि ठूलो कुरा हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया