गुगल म्याप्सले नेपालमा शुरु गर्यो स्ट्रीट भ्यू: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
गुगल म्याप्सले नेपालमा शुरु गर्यो स्ट्रीट भ्यू: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने

काठमाडौं ।

गुगल म्याप्सले आज डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रीट भ्यू सुरु गरिएको घोषणा गरेको छ। आजदेखि संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्स को स्ट्रीट भ्यू चित्र मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन्।

अब तपाईं काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ। तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ। तपाईं हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सक्नुहुन्छ। यी सबै तपाईंको फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ।

यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ।

यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ।

नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोल्नुहोस्। ३६०° भ्यू वा पहेँलो स्ट्रीट भ्यू  पेगम्यानमा क्लिक गर्नुहोस्। अनि अन्वेषण सुरु गर्नुहोस्।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...