गुगल सर्चले मनपर्ने स्रोतहरूबाट थप सामग्री देखाउने

  • Technology Khabar | २९ श्रावण २०८२, बिहीबार
गुगल सर्चले मनपर्ने स्रोतहरूबाट थप सामग्री देखाउने

काठमाडौं ।

गुगलले मंगलबार अमेरिका र भारतमा सबैका लागि सर्चमा प्रिफर्ड सोर्सेस (मनपर्ने स्रोतहरू) लन्च गरेको छ। प्रिफर्ड सोर्सेसमार्फत गुगललाई मूल रूपमा जानकारीको लागि आफूलाई मनपर्ने स्रोतहरू के हुन् भनेर बताउन सकिनेछ र त्यसपछि यसले गुगल सर्चको टप स्टोरिज पार्ट (भाग) मा ती स्रोतहरूबाट थप सामग्री देखाउनेछ।

यसको रोलआउटको लागि भने थप केही दिन लाग्ने अपेक्षा गरिएको छ। “टप स्टोरिज” को दायाँतिर रहेको आइकनमा क्लिक गरेर तपाईंको “प्रिफर्ड सोर्सेस” (मनपर्ने स्रोतहरू) चयन गर्न सकिने छ। त्यसपछि स्रोतहरू खोजेर र आफूले चाहेको छनौट गर्न सकिने छ।

त्यसपछि, रिजल्ट रिफ्रेस गरेर तुरुन्तै आफ्नो मनपर्ने साइटहरूबाट थप कन्टेन्ट प्राप्त गर्न सकिनेछ र प्राथमिकताहरू भविष्यको लागि सुरक्षित हुनेछन्। टप स्टोरिज र सर्च रिजल्ट पेज (परिणाम पृष्ठ) मा समर्पित “फ्रम योर सोर्सेस” खण्डगरी दुवैमा आफ्नो “प्रिफर्ड सोर्सेस” बाट कन्टेन्ट देख्न सकिने छ।

त्यसैगरी अन्य साइटहरूबाट पनि कन्टेन्ट देख्न सकिनेछ भने प्रिफर्ड सोर्सेसलाई केवल थप प्रमुख रूपमा र बारम्बार फिचर गरिनेछ। साथै कुनै पनि समयमा आफ्नो स्रोत चयनहरू परिवर्तन गर्न सकिने र आफूले चाहे जति धेरै प्रिफर्ड सोर्सेस (मनपर्ने स्रोतहरू) चयन गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EASA, Airbus Helicopters, and Loft Dynamics launch VR-based training initiative

  • Technology Khabar
  • २९ श्रावण २०८२, बिहीबार