Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
गुगल पिक्सेल १० प्रो फोल्ड र पिक्सेल वाच ४ को भिडियो लीक भएको छ।केही हप्ता अघि, गुगलले आधिकारिक रूपमा पिक्सेल १० प्रोको डिजाइन खुलासा गर्ने भिडियो साझा गरेको थियो। त्यसपछि, कम्पनीले सम्पूर्ण पिक्सेल १० सिरिज देखाउने तस्बिर पनि पोस्ट गरेको थियो। गुगलले आधिकारिक रूपमा नयाँ सिरिज (अगस्ट २० मा आउने) बारे विवरणहरू साझा गरिरहेको छ र लीकहरु आउने क्रम पनि रोकिएको छैन।
यसै क्रममा अब इभान ब्लासले गुगल पिक्सेल १० प्रोको अर्को भिडियो पोस्ट गरेका छन्। मूल भिडियोको विपरीत, यस भिडियोमा फोनको क्यामरा भाइजर र साइड फ्रेममा विवरणहरू अस्पष्ट पार्नको लागि छायाँहरू कम पारिएको उल्लेख गरिएको छ।
यस अघि स्थिर तस्बिरहरूमा मात्र देखिएको गुगल पिक्सेल १० प्रो फोल्ड नयाँ छोटो भिडियोमा देखा परेको छ। र डिभाइसलाई “आगामी” भनेर वर्णन गर्दै गर्दा अफवाहहरूले फोल्ड, पिक्सेल वाच ४ र पिक्सेल बड्स २ए आउन ढिलाइ हुने सुझाव दिएको छ।
गुगल पिक्सेल वाच ४ पनि तस्बिरहरूमा मात्र सिमित रहेका थिए। ब्लासले पोस्ट गरेको छोटो भिडियो क्लिपमा अब पिक्सेल वाच ४ हेर्न सकिने उल्लेख गरिएको छ। घडीमा अझै पनि डोम–सेप्ड ग्लास र साइडमा रोटेटिङ क्राउन रहेको देख्न सकिने छ। घडी पुनः डिजाइन गरिएको चार्जरको साथ आउने उल्लेख गरिएको छ जुन भिडियोमा भने स्पष्ट नभएको रिपोर्ट गरिएको छ।
चार आगामी पिक्सेल १० मोडेलहरू एक पुनरावृत्ति अपग्रेड हुने बताइएको छ जुन पहिलो टीएसएमसी–निर्मित टेन्सर चिपमा केन्द्रित रहेको उल्लेख गरिएको छ। साथै फोनहरूको मूल्य जानकारीको बारेमा पनि विवरण लीक भएको बताइएको छ।
ब्लासको पोस्टमा पिक्सेल १० सिरिजको लन्च प्रोमोको विवरण प्रदान गर्ने तस्बिरमा गुगल एआई प्रोको लागि पूरै एक वर्षसम्म २ टिबी क्लाउड स्टोरेज समावेश (कुल मूल्य २३९ अमेरिकी डलर) रहेको पनि देखिएको छ। सामसङको नयाँ फोल्डेबलहरू जस्ता अन्य फोनहरूले भने केवल ६ महिना निःशुल्क पाउने गरेका छन्। गुगल फोनसँग प्रस्ताव गरिने यो गुगल सेवाले सर्च जायण्ट अलि बढी उदार भएको जस्तो देखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार