गुगल प्ले स्टोरमा सम्पूर्ण पिक्सेल १० सिरिजको डिजाइन सार्वजनिक

  • Technology Khabar | ९ श्रावण २०८२, शुक्रबार
गुगल प्ले स्टोरमा सम्पूर्ण पिक्सेल १० सिरिजको डिजाइन सार्वजनिक

काठमाडौं ।

गुगलले पिक्सेल १० सारिज अनावरण गर्नको लागि एक कार्यक्रम आयोजना गर्दैछ। अगस्ट २० तारिखको लागि तय गरिएको उक्त कार्यक्रममा गुगलले आफ्नो पिक्सेल १० सारिजबाट पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड अनावरण गर्नेछ। माउन्टेन भ्यू–आधारित इन्टरनेट सर्च जायन्टले हालै पिक्सेल १० प्रोको आधिकारिक रूपमा पहिलो झलक प्रदान गरिसकेको छ र अब, गुगल प्ले स्टोर मार्फत सम्पूर्ण पिक्सेल १० लाइनअप सार्वजनिक गरिएको छ।

एन्ड्रोइड अथोरिटीले एन्ड्रोइडमा गुगल प्ले स्टोर एपमा पिक्सेल १० सारिज देखाउने ब्यानर फेला पार्न सफल भएको बताइएको छ। पिक्सेल १० इन्डिगो रङ्गमा देखाइएको छ भने पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड मुनस्टोन शेडमा देख्न सकिने छ।

त्यसैगरी ब्यानरमा सन् २०२५ को अक्टोबर १३ तारिख सम्मका लागि गुगलबाट ५० अमेरिकी डलर छुट प्रदान गर्ने प्रवद्र्धन पनि देख्न सकिने छ। लन्च कार्यक्रमको समापन पछि यो अफर सम्भवतः अगस्ट २० देखि सक्रिय हुने उल्लेख गरिएको छ।

गुगलले अझै पनि सम्पूर्ण पिक्सेल १० लाईनअपको सबै रङ्गहरू आधिकारिक रूपमा देखाउन नसके पनि यस अघि लीक भएका रेन्डरहरूले यी स्मार्टफोनहरू विभिन्न शेडहरूमा कस्तो देखिनेछन् भनेर देखाउने तस्बिरहरु सार्वजनिक गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ९ श्रावण २०८२, शुक्रबार