सामाजिक सञ्जालमा नग्न फोटो राखिदिन्छु भन्ने धम्की दिएर १४ लाख असुल्ने युवती पक्राऊ

Technology Khabar ७ श्रावण २०८२, बुधबार

काठमाडौं ।

हनी ट्रयापमा पारेर आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपूर्वक १४ लाख रुपैयाँभन्दा बढी असूल गर्ने एङ्क युवतीलाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा दैलेख जिल्ला नौमुले गाउँपालिक वडा नम्बर ८ घर भई हाल सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २१ वर्षीया शिन्दु चन्द रहेको सुर्खेत प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी मोहनजङ्ग बुढ्थापाले जनाएका छन्।

विभिन्न मितिमा पटक पटक गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ पीडितसँग असुली गरेकी प्रमाणसहित जाहेरी आएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अनुसन्धान कार्य भइरहेको उनले बताए।

उनका अनुसार २०८१ साल भ्राद्र महिनामा प्रतिवादी शिन्दु चन्दले मनोज कोईरालालाई सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ बुद्दपथस्थित बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेको र चन्दले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपुर्वक परिस्थिति खडा गरेर रकम असूली गर्दै आएकी थिइन्।

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया