ईयूले गुगलमाथि धेरै दबाब दिइरहेको यस्तो छ कारण

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
ईयूले गुगलमाथि धेरै दबाब दिइरहेको यस्तो छ कारण

काठमाडौं ।

स्वतन्त्र युरोपेली र बेलायती प्रकाशकहरूको समूहले गुगलले आफ्नो सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेको विरुद्धमा प्रतिस्पर्धा विरोधी उजुरी दायर गरेको छ।

जुन ३० तारिखमा युरोपेली आयोगमा दायर गरिएको मुद्दा “आर्टिफिसियल इन्टेलिजेन्स सजेसन्स” नामक नयाँ सुविधासँग सम्बन्धित रहेको बताइएको छ। यसले स्वचालित रूपमा उत्पन्न उत्तरहरू सर्च रिजल्टस् (खोज परिणामहरू) माथि देखा पर्ने र सोर्स पेज (स्रोत पृष्ठ) मा क्लिक नगरी प्रयोगकर्ताहरूलाई सारांशहरू प्रदान गर्ने गरेको छ।

यो सुविधाले गुगललाई अनुमति बिना प्रकाशकहरूको सामग्री प्रयोग गर्न अनुमति दिने र जसले गर्दा उनीहरूको ट्राफिक घट्नुका साथै विज्ञापन आम्दानीलाई प्रत्यक्ष रूपमा असर पुग्ने प्रकाशकहरूले बताएको रिपोर्ट गरिएको छ।

“गुगलले प्रयोगकर्ताहरूलाई प्रतिक्रिया दिन हाम्रो सामग्री प्रयोग गर्दछ र बदलामा हामी केहि पनि प्राप्त गर्दैनौं। हामीसँग आफूलाई सुरक्षित गर्ने कुनै उपाय छैन, किनकि यदि हामीले आर्टिफिसियल इन्टेलिजेन्स सर्चबाट सदस्यता रद्द गर्ने प्रयास गर्यौं भने, हामी स्वचालित रूपमा क्लासिक रिजल्टस् (परिणामहरू) मा फर्कनेछौं” विज्ञप्तिमा भनिएको छ।

वादीहरूले ईयूलाई अनुसन्धान चलिरहेको बेला तुरुन्तै कारबाही गर्न र अस्थायी रूपमा गुगललाई यस अभ्यासबाट प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन्। साथै उनीहरूले “मिडियालाई अपूरणीय क्षति” बाट रोक्न सकियोस् भन्दै यस प्रकारको आग्रह गरिरहेको थप उल्लेख गरिएको छ।

फाइलिङमा प्रकाशकहरूले प्रदान गरेको तथ्याङ्कले सन् २०२४ को मे महिनामा एआई राउन्डअपको सुरुवात पछि, शीर्ष ५० अमेरिकी मिडिया साइटहरू मध्ये ३७ ओटाको ट्राफिकमा गिरावट आएको देखिएको थियो।

साथै उक्त समयमा, प्रयोगकर्ताहरूले कुनै पनि रिजल्टस् (परिणामहरु)मा क्लिक नगरेका सर्च (खोजहरू) को संख्या (“शून्य क्लिकहरू”) ५६ बाट ६९ प्रतिशतमा बढेको उल्लेख गरिएको छ।

गुगलले भने यी आरोपहरूलाई अस्वीकार गर्दै ‘एआई सुविधाहरूले प्रयोगकर्ताहरूलाई खोजी गर्न सजिलो बनाउने र उतारचढावको बावजुद, प्रकाशकहरूको लागि क्लिक गर्ने समग्र संख्या उच्च रहन्छ’ भनी बताएको छ।

“हामी हरेक दिन विश्वभरका पृष्ठहरूमा अरबौं क्लिकहरू पठाउँछौं। एआई सारांशहरूले प्रयोगकर्ताहरूलाई छिटो जानकारी फेला पार्न मद्दत गर्दछ” भनी कम्पनीले बताएको छ।

ईयू बाहेक, गुगलको यो अभ्यासको बारेमा हाल ब्रिटिश प्रतिस्पर्धा नियामक (सीएमए) द्वारा अनुसन्धान भइरहेको र अमेरिकामा पनि यस्तै गुनासोहरू दायर गरिएका छन् भनी टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २४ असार २०८२, मंगलवार