गुगल म्याप्समा आयो गोपनीयता सम्बन्धी कामलाग्ने विशेषता, आफ्नो घर नदेखाउन पनि सकिने

  • Technology Khabar | १९ असार २०८२, बिहीबार
गुगल म्याप्समा आयो गोपनीयता सम्बन्धी कामलाग्ने विशेषता, आफ्नो घर नदेखाउन पनि सकिने

काठमाडौं ।

गुगल म्याप्स अन्तर्गतको गुगल स्ट्रिट भ्यूमार्फत अपराधीहरूले मानिसहरूको घर र सम्पत्तिहरू जाँच गर्ने सम्भावना हुने भएकाले सुरक्षा विज्ञहरूलाई चिन्तित बनाएको छ।

पानोरामिक भ्यूज (मनोरम दृश्यहरू) खिच्ने क्यामराहरूले झ्यालहरूको संख्या, सुरक्षा क्यामरा वा पार्क गरिएका सवारी साधनहरू जस्ता महत्त्वपूर्ण विवरणहरूको खुलासा गर्न सक्ने उल्लेख गरिएको छ।

त्यसकारण, विशेषज्ञ विल गेडेसले प्रयोगकर्ताहरूलाई अनधिकृत निगरानीबाट बच्नको लागि आफ्नो घरको तस्बिरहरू नदेखाउन अनुरोध गर्न सल्लाह दिएका छन्।

यो सुविधाले खतरनाक व्यक्तिहरूबाट गरिने चोरी र पिछा गर्ने काम रोक्न मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।

यसो गर्नको लागि, गुगल म्याप्समा “रिपोर्ट ए प्रोब्लम” विकल्प प्रयोग गरेर ईमेज ब्लरिङ (तस्बिर धमिलो पार्न) गर्न अनुरोध गर्न आवश्यक पर्नेछ।
एक पटक यो अनुरोध स्वीकृत भएपछि “रद्द” गर्न नसकिने भनी गुगलले घोषणा ग।ेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार