नयाँ आइफोनमा ट्रिपल क्यामरा हुने, सस्तो आइफोनको नयाँ भर्सनमा ड्यूल क्यामरा

Technology Khabar २९ पुष २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । एप्पलले सन् २०१९ मा सार्वजनिक गर्ने आइफोनहरुमा नयाँ क्यामरा फिचर महत्वपूर्ण हुने रिपोर्ट आएको छ ।

हालै वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टमा सन् २०१९ अर्थात यहि वर्ष आउने नयाँ आइफोनहरुहरुमा ट्रिपल क्यामरा (Triple Camera) फिचर हुने बताएको छ ।

नयाँ आइफोनलाई हाल आइफोन ११ भनिएपनि यसको सहि माकेटिंग नाम भने अझै तोकिएको छैन्, जून आगामी सेप्टेम्बरमा सार्वजनिक हुनेछ ।

नयाँ आइफोनमा ५.८ इन्चको डिस्प्ले हुनेछ भने जसमा ड्यूल क्यामरा सेटिंग नै हुनेछ । तर तीन वटा क्यामरा सेटिंग भने ठूलो डिस्प्ले भएको आइफोनमा हुनेछ जून महंगो मूल्यमा आउनेछ ।

अहिले बजारमा रहेको आइफोन एक्सआरको नयाँ भर्सनमा पनि ड्यूल क्यामरा हुनेछ भने यसमा एलसिडी स्क्रीन नै प्रयोग गरिनेछ । त्यसैगरि सन् २०२० मा एप्पलले एलसिडी अप्सन हटाएर पुरै ओएलईडी स्क्रीन मात्र प्रयोग गर्ने रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार कम्पनीले हालको आइफोन एक्सएसको सक्सेसरमा ड्यूल क्यामरा नै प्रयोग गर्दछ वा ट्रिपल क्यामरा सेटिंग प्रयोग गर्दछ भन्ने अझै स्पष्ट भईरहेको छैन् ।

प्रकाशित: २९ पुष २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२९ पुष २०७५, आईतवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२९ पुष २०७५, आईतवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२९ पुष २०७५, आईतवार