गुगलले एआई मोडमा कन्भर्सेसनल सर्च लाइभ लन्च गर्यो

Technology Khabar ५ असार २०८२, बिहीबार

काठमाडौं ।

गुगलको एआई मोडले सर्च लाइभ नामक नयाँ सुविधा पाउने भएको छ। यो जेमिनी लाइभ जस्तै भएको तर आईओएस र एन्ड्रोइडको लागि गुगल एप भित्र उपलब्ध हुने उल्लेख गरिएको छ। यो हाल ल्याबहरूमा एआई मोड एक्सपेरिमेन्ट (प्रयोग) मा दर्ता भएका अमेरिकाका प्रयोगकर्ताहरूमा सीमित गरिएको छ।

जेमिनी लाइभ जस्तै, यसले प्रयोगकर्ताहरुलाई “सर्च (खोज) सँग स्वतन्त्र रूपमा, अगाडि–पछाडि भ्वाइस कन्भर्सेसन (आवाज कुराकानी)” गर्न दिने गुगलले बताएको छ।

कम्पनीले यसलाई यात्रामा हुँदा वा मल्टिटास्किङ गर्दा खोजी गर्ने उत्तम तरिकाको रूपमा बयान गरेको छ। गुगल एप खोलेपछि, नयाँ लाइभ आइकनमा ट्याप गरेर त्यसपछि आफ्नो प्रश्न सोध्न सकिने छ।

त्यसपछि अर्को प्रश्नको साथ फलो–अप गर्न सकिने बताइएको छ। गुगलका अनुसार प्रयोगकर्ताले “सजिलो पहुँचयोग्य लिङ्कहरू आफ्नो स्क्रिनमा पाउनेछन् जसले वेबबाट सामग्रीको साथ गहिरो खोजी गर्न सकिने” थप उल्लेख गरिएको छ।

सर्च लाइभले ब्याकग्राउण्ड (पृष्ठभूमि) मा पनि काम गर्ने जनाइएको छ जसले गर्दा अर्को एपमा हुँदा पनि कुराकानी जारी राख्न सकिने छ। साथै ट्रान्सक्रिप्ट विकल्पले टेक्स्ट मोडमा स्विच गर्ने बताइएको छ।

एआई मोड हिस्ट्रिको साथ, सधैं एक विशिष्ट प्रतिक्रिया पुनः भ्रमण (स्पेसिफिक रेसपोन्स रिभिजिट) गर्न सकिनेछ र जहाँबाट छोडिएको थियो त्यहींबाट उठान गर्न सकिने उल्लेख गरिएको छ।

जेमिनी लाइभ पहिलेदेखि नै अस्तित्वमा छ र एन्ड्रोइडमा यसको पहुँच पनि धेरै सजिलो रुपमा हुने भएकाले सर्च लाइभ किन आवश्यक छ भन्ने प्रश्न आउन सक्छ। गुगलका यी दुवै “लाइभ” एआई चीजहरू किन एउटै कुरा हुन सक्दैनन् भन्ने बारेमा हाल कुनै जानकारी उपलब्ध छैन।

सर्च लाइभले एडभान्स्ड भ्वाइस (उन्नत आवाज) क्षमताहरू सहितको जेमिनीको कस्टम भर्सन (अनुकूलन संस्करण) प्रयोग गर्दछ भनि गुगलले बताएको छ। आगामी महिनाहरूमा, जेमिनी लाइभमा जस्तै यस सुविधाले प्रयोगकर्ताहरुलाई अगाडि–पछाडि कुरा गर्दा क्यामरा प्रयोग गरेर वास्तविक समयमा देखिएका कुराहरु देखाउन दिनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया