Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
टिकटकमा अहिले प्रयोगकर्ताहरूले भर्खरै खरिद गरेका लेजेन्डरी फोन ‘ब्ल्याकबेरी’ अनबक्स गरिएका धेरै भिडियोहरू भाइरल भइरहेका छन्।
युवा पुस्ताहरूले केही पुरानो फेसन ट्रेन्डहरूका साथै रेट्रो एक्सेसरिजहरू फिर्ता ल्याउन खोजिरहेका छन्।
वाई२के ट्रेन्डले केही समयदेखि फेसनमा प्रभुत्व जमाइ रहेको छ भने प्रविधिको सन्दर्भमा, जेनेरेसन जेड (जेनजी )का धेरै सदस्यहरूले तथाकथित “डम्ब” फोनहरू (फिचर फोनहरू) को लोकप्रियतालाई पुनः जगाएका छन्। उनीहरूले आफ्नो दैनिक अनलाइन जीवनबाट विश्राम लिनु पर्दा स्मार्टफोनसँगै उक्त “डम्ब” फोनहरू (फिचर फोनहरू) प्रयोग गर्दै आएको उल्लेख गरिएको छ।
जेनजी पुस्ताहरूले ब्ल्याकबेरीलाई पनि पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन् भने यसको पछिल्लो मोडेल सन् २०२० को अगस्ट महिनामा प्रस्तुत गरिएको थियो।
त्यसैगरी ब्ल्याकबेरी अझै पनि किन्नको लागि उपलबध भए तापनि तिनीहरूले अब पहिले जस्तो पूर्ण रूपमा काम नगर्ने उल्लेख गरिएको छ। तर त्यसले जेनेरेसन जेड (जेनजी पुस्ता) लाई कुनै फरक नपरेको रिपोर्ट गरिएको छ।
ब्ल्याकबेरीमा धेरैजसो फङ्गसनहरू अब उपलब्ध नभए पनि एसएमएस पठाउने जस्ता आधारभूत कार्यहरूले काम गर्न जारी राखेको हुनाले जेनजी पुस्ताको लागि यो सुविधा पूर्ण रूपमा पर्याप्त भएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २ असार २०८२, सोमबार