अनलाइन जुवा खेलाएको आरोपमा बाँकेमा भारतीय सहित ४२ जना पक्राउ

  • Technology Khabar | ८ आश्विन २०८३, बिहीबार
अनलाइन जुवा खेलाएको आरोपमा बाँकेमा भारतीय सहित ४२ जना पक्राउ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको आरोपमा बाँकेको कोहलपुरमा अवस्थित होटेल म्याक्सबाट नेपाल प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न ब्राण्डका मोबाइल तथा १६ थान नोटबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ।

राठौरलेले यस विषयमा थप अनुसन्धान जारी रहेको उल्लेख गरेका छन्।

प्रकाशित: ८ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार