निन्टेन्डोको स्विच २ ले रेकर्ड तोड्योः ४ दिनमा ३५ लाखभन्दा बढी युनिट बिक्री

  • Technology Khabar | २९ जेष्ठ २०८२, बिहीबार
निन्टेन्डोको स्विच २ ले रेकर्ड तोड्योः ४ दिनमा ३५ लाखभन्दा बढी युनिट बिक्री

काठमाडौं ।

जापानी कम्पनी निन्टेन्डोले स्विच २ को सुरुवातसँगै आफ्नो इतिहासमा सबैभन्दा सफल डेब्यू गरेको छ र जुन ५ तारिखदेखि ३५ लाखभन्दा बढी युनिट बिक्री भएको छ।

नयाँ कन्सोल ठूलो र बढी रेसपोन्सिभ स्क्रिन, म्याग्नेटिक कन्ट्रोलर्स र थप शक्तिशाली ग्राफिक्स र प्रोसेसिङ पर्फमेन्सको साथ आएको उल्लेख गरिएको छ।

यस डिभाइसको नयाँ गेमच्याट फङ्गसनले गेमप्लेको समयमा भिडियो वा अडियो कलहरू र स्क्रिन साझेदारी गर्न अनुमति दिन्छ।

त्यसैगरी केही बन्डलहरूमा बहुप्रतिक्षित गेम (खेल) मारियो कार्ट वर्ल्ड पनि समावेश रहेको छ।

डिभाइसको उच्च माग भए पनि केही देशहरूमा भने फेला पार्न गाह्रो भएको बताइएको छ र आपूर्तिहरू मिनेट भित्रै सकिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २९ जेष्ठ २०८२, बिहीबार
Desktop Popup ImageMobile Popup Image×