सामसङको ट्रोलको शिकार बन्यो एप्पल

  • Technology Khabar | २९ जेष्ठ २०८२, बिहीबार
सामसङको ट्रोलको शिकार बन्यो एप्पल

काठमाडौं ।

एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलन ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी २०२५’ मा आईओएस २६ र वाचओएस २६ का साथै केही नयाँ एआई सुविधाहरू घोषणा गरेको छ।

यद्यपि, सामसङ डिभाइसहरूमा पहिले नै अवस्थित सुविधाहरू एप्पलले घोषणा गरेको भन्दै सामसङको अमेरिकी शाखाले एप्पललाई ट्रोल गरेको छ।

एप्पलले आफ्नो सबै अपरेटिङ सिस्टमहरूमा विशाल यूआई रिडिजाइन गरेको बारेमा ट्रोल गरिएको छ।
त्यसपछि, आफ्नो डिभाइसहरूमा “केही समयदेखि” उपलब्ध हुँदै आएको सामसङ यूएसले लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवादहरू)को बारेमा पनि एप्पलको ट्रोल गरेको छ।
एप्पल वाचहरूको लागि प्रस्तुत गरिएका एआई सुविधाहरू पनि सामसङको ट्रोलिङको शिकार भएका छन्ःस्मार्टफोन निर्माताहरूले एकअर्कालाई यसरी नै ट्रोलिङको लागि छनौट गर्ने चलन रहेको छ। साथै एप्पलले पनि कहिलेकाहीं आफ्नो मुख्य भाषणको समयमा यसो गर्ने गरेको बताइएको छ। तर, एप्पलले एक्समा भने ट्रोलिङ नगरेको थप उल्लेख गरिएको छ।

अत्यधिक प्रतिस्पर्धी बजार भएको हुनाले कम्पनीहरूले आफ्ना प्रतिस्पर्धीहरूले के गरिरहेका छन् (धेरै थोरै अपवादहरू–सोनी बाहेक) भनेर एक अर्काबाट प्रेरित हुनु सामान्य भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ जेष्ठ २०८२, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २९ जेष्ठ २०८२, बिहीबार

NOC from Nagarik App

  • २९ जेष्ठ २०८२, बिहीबार

E-pension verification system launched

  • २९ जेष्ठ २०८२, बिहीबार