इटालियन कम्पनीले २.९७ अर्ब युरो क्षतिपूर्ति माग गर्दै गुगललाई हाल्यो मुद्दा

  • Technology Khabar | २९ बैशाख २०८२, सोमबार
इटालियन कम्पनीले २.९७ अर्ब युरो क्षतिपूर्ति माग गर्दै गुगललाई हाल्यो मुद्दा

काठमाडौं ।

इटालियन कम्पनी मोल्टिप्लाई ग्रुपले गुगल विरुद्ध मुद्दा दायर गरेको घोषणा गरेको छ। अमेरिकी कम्पनीले प्रतिस्पर्धालाई दबाएर सेवा बजारमा आफ्नो प्रमुख स्थानको दुरुपयोग गरेको तर्क गरेको र इटालियन कम्पनी कम्पनीले २.९७ अर्ब युरो क्षतिपूर्ति माग गरेको छ।

मोल्टिप्लाईले लोकप्रिय इटालियन प्राइस कम्प्यारिजन (मूल्य तुलना) साइट ट्रोभाप्रेज्जी डट आईटी (Trovaprezzi.it) सञ्चालन गर्दछ।

इटालियन कम्पनीले आफ्नो मुद्दामा गुगलले गुगल शपिङको स्थिति बलियो बनाउन सन् २०१० देखि सन् २०१७ सम्म आफ्नो सहायक कम्पनी ७पिक्सेलको सेवा बन्द गरेको आरोप लगाएको रोयटर्सले रिपोर्ट गरेको छ।

इटालियन कम्पनीले गुगल विरुद्ध मिलानको अदालतमा मुद्दा दायर गरेको हो। गुगल विरुद्ध यो पहिलो मुद्दा होईन।

सन् २०१७ मा, युरोपेली आयोगले अनलाइन प्राइस कम्प्यारिजन सेक्सन (मूल्य तुलना खण्ड) मा प्रतिस्पर्धीहरूलाई समान व्यवहार सुनिश्चित गर्न आवश्यक रहेको प्रतिस्पर्धा कानून उल्लङ्घन गरेकोमा गुगललाई २.४ अर्ब युरो जरिवाना गरेको थियो।

त्यसैगरी गत वर्ष सेप्टेम्बरमा, ईयू अदालतले गुगलको अपील अस्वीकार गरेको र जरिवानालाई समर्थन गरेको उल्लेख गरिएको छ।

प्रकाशित: २९ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २९ बैशाख २०८२, सोमबार