ह्वावेले चीनको फोल्डेबल फोनको प्रतिस्पर्धामा प्रभुत्व जमायोः आईडीसी
काठमाडौं ।
ह्वावेले चीनमा फोल्डेबल बजारमा प्रभुत्व जमाउनुका साथै यसले आफ्नो नेतृत्व विस्तार गरिरहेको छ। आईडीसीको तथ्याङ्क अनुसार, सन् २०२४ को अन्तिम त्रैमासिकमा, ह्वावेले २.५०६ मिलियन युनिट ढुवानी गरेको र ४८.६ प्रतिशत बजार हिस्सा ओगटेको थियो। ह्वावेले यस वर्षको पहिलो त्रैमासिकमा २.८४२ मिलियन युनिट ढुवानी गर्दै ७६.६ प्रतिशत बजार हिस्सा नियन्त्रण गरेको विश्लेषकहरूले रिपोर्ट गरिरहेका छन्।
यो वर्षिक दरमा ५३.१ प्रतिशतको वृद्धि प्रभावशाली भएको र चौथो त्रैमासिकको संख्यामा ठूलो रिबाउन्ड भएको बताइएको छ जुन वास्तवमा वर्षिक दरमा ९.५ प्रतिशतले गिरावट आएको उल्लेख गरिएको छ।
ह्वावेको फोल्डेबल बजारमा वृद्धि भए पनि अन्य निर्माताहरूले भने घाटा व्यहोरेको छन्। अनरले बजारमा सबैभन्दा ठूलो घाटा व्यहोरेको उल्लेख छ। कम्पनीको हिस्सा सन् २०२४ को चौथो त्रैमासिकमा २०.६ प्रतिशतबाट घटेर पहिलो त्रैमासिकमा केवल ९.१ प्रतिशतमा झरेको उल्लेख गरिएको छ।
ओप्पोले चीनमा ढुवानी गरिएका फोल्डेबल फोनहरूको ७.१ प्रतिशत हिस्सा ओगटेको उल्लेख छ। ह्वावेको लाभ जत्तिकै प्रभावशाली नभए पनि, ओप्पोले पनि उल्लेखनीय रूपमा वृद्धि गरेको बताइएको छ जसको चौथो त्रैमासिकमा केवल ५.३ प्रतिशत हिस्सा भएको उल्लेख गरिएको छ। पहिले, तेस्रो स्थानमा रहेको भिभो अहिले भने चार्टमा पनि नभएको बताइएको छ। शाओमीको हिस्सा पनि चौथो त्रैमासिकबाट पहिलो त्रैमासिकमा (७.४प्रतिशत देखि २.६प्रतिशत) उल्लेखनीय रूपमा घटेको छ।
वास्तवमा, शाओमी र भिभोले सन् २०२४ को सुरुवात/मध्यदेखि नयाँ फोल्डेबलहरू जारी गरेका छैनन्। सन् २०२३ पछि ओप्पोको पहिलो फोल्डेबल केही महिना अघि मात्र आएको (फेब्रुअरीमा फाइन्ड एन५) थियो। त्यसै कारणले यसको प्रभाव सम्भवतः दोस्रो त्रैमासिकसम्म महसुस नहुने उल्लेख गरिएको छ।
गत वर्ष, ह्वावेले पहिलो पटक ट्राई–फोल्डेबल (मेट एक्सटी अल्टिमेट), बुक–स्टायल फोल्डेबल (मेट एक्स६) र दुई फ्लिप फोनहरू (पकेट २ र नोभा फ्लिप) लन्च गरेको थियो। यस वर्ष, कम्पनीले एक अनौठो तर नवीन मोडेल (पुरा एक्स) बाट आफ्नो यात्रा सुरु गरेको छ।
चीनको समग्र स्मार्टफोन बजारको कुरा गर्ने हो भने, भिभो यसको नेतृत्वमा रहेको छ र ह्वावे भने एप्पलको पछाडि रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
