एकाधिकार मुद्दामा अमेरिकी अदालतको फैसलाको केही अंशमा गुगलले पुनरावेदन गर्ने

Technology Khabar ८ बैशाख २०८२, सोमबार

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको प्रविधि कम्पनी गुगलले अमेरिकी न्याय विभाग (डीओजे) को एकाधिकारसम्बन्धी मुद्दामा अदालतको “नकारात्मक” निर्णयविरुद्ध अपील गर्ने योजना बनाएको छ।

बिहीबार अमेरिकी जिल्ला न्यायाधीश लियोनाई ब्रिङ्केमाले प्रकाशक विज्ञापन सर्भर र विज्ञापन एक्सचेन्जका बजारमा “जानाजानी एकाधिकार शक्ति प्राप्त गरी कायम गरेको” ठहर गर्दै गुगललाई दोषी ठहर गरेकी हुन्।

प्रकाशक विज्ञापन सर्भरहरू वेबसाइटहरूले आफ्ना डिजिटल विज्ञापन सूची व्यवस्थापन गर्न प्रयोग गर्ने प्लेटफर्महरू हुन्। विज्ञापन एक्सचेन्जसँग मिलेर यस प्रविधिले समाचार प्रकाशक र अन्य अनलाइन सामग्री प्रदायकहरूलाई विज्ञापन बेचेर आम्दानी गर्न सहयोग पुर्‍याउँछ।

रोयटर्सका अनुसार न्यायाधीशले गुगलले अनलाइन विज्ञापन प्रविधिको दुई बजारमा अवैध रूपमा एकाधिकार कायम गरेको पनि ठहर गरेकी छन्।
गुगलले शुक्रबार भनेको छ कि न्यायाधीशको निर्णय मिश्रित प्रकृतिको छ।

न्यायाधीशले गुगलका विज्ञापनदातासम्बन्धी उपकरणहरू वा डबलक्लिक र एडमेडको अधिग्रहण प्रतिस्पर्धाविरोधी रहेको प्रमाणित गर्न डीओजे असफल भएको बताइन्। तर गुगलका प्रकाशकसम्बन्धी उपकरणहरूले प्रतिस्पर्धीलाई बहिष्कार गरेर प्रतिस्पर्धा विरोधी कानून उल्लंघन गरेको ठहर गरिन्।

गुगलले आफ्नो प्रकाशक विज्ञापन सर्भर र विज्ञापन एक्सचेन्ज समावेश भएको गुगल एड म्यानेजर कम्तीमा पनि बिक्री गर्नुपर्नेछ डीओजेको ठहर छ।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया