Technology Khabar ७ बैशाख २०८२, आईतवार
काठमाडौं ।
गुगलले यस महिनाको सुरुवातमा क्यामरा र स्क्रिन सेयरिङ सहितको जेमिनी लाइभ लन्च गरेको थियो। तर, गुगलले यसलाई जेमिनी एडभान्स्ड टियरको लागि भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि पिक्सेल ९ र ग्यालेक्सी एस२५ डिभाइसहरूमा मात्र उपलब्ध गराएको थियो।
सुविधाले “उत्कृष्ट प्रतिक्रिया” बटुले पछि, सर्च जाण्टले अब यसलाई एन्ड्रोइडमा, सबै फोनहरूमा र निःशुल्क जेमिनी प्रयोग गर्नेहरू सहित सबै जेमिनी प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउने निर्णय गरेको छ।
सबै गुगल सफ्टवेयर जस्तै, यो सुविधा “आगामी हप्ताहरूमा” रोल आउट हुने बताइएको छ। यो उपलब्ध भएपछि, जेमिनी एप खोलेर, जेमिनी लाइभ आइकनमा ट्याप गरेर त्यसपछि क्यामरा वा स्क्रिन सेयर आइकनमा ट्याप गर्नु पर्ने बताइएको छ।
त्यसपछि यसले तपाईंलाई क्यामरामा वा तपाईंको स्क्रिनमा जे देखिरहेका छन् त्यसको बारेमा जेमिनीसँग प्रत्यक्ष कुराकानी गर्न दिनेछ। साथै यो जेमिनी लाइभको अंश भएकोले, योसँग न्याचुरल–फिलिङ (प्राकृतिक–भावनापूर्ण कुराकानी) गर्न सकिने र कुनै पनि समयमा जेमिनीलाई अवरोध गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ बैशाख २०८२, आईतवार