गुगलले कर्मचारीहरूलाई केही नगर्नका लागि पैसा दिइरहेको खुलासा

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
गुगलले कर्मचारीहरूलाई केही नगर्नका लागि पैसा दिइरहेको खुलासा

काठमाडौं ।

गुगलले आफ्नो एआई विभागका केही कर्मचारीहरूलाई केही काम नगर्नका लागि पैसा दिइरहेको बताइएको छ र यसको कारण पनि एकदमै रोचक रहेको छ।

गुगलले वास्तवमा यी कामदारहरूलाई प्रतिद्वन्द्वीहरूको लागि काम गर्न लगाएर गुमाउने जोखिम लिन नचाहेको भन्दै बिजनेस इनसाइडरले रिपोर्ट गरेको छ।

गुगल, ओपनएआई र अन्य कम्पनीहरू बीचको प्रतिस्पर्धा धेरै तीव्र भएकोले कम्पनीले विशेष गरी डीपमाइन्डको प्रविधि विकास विभागका कर्मचारीहरूको हकमा यसो भइरहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

डीपमाइन्डले वास्तवमा बेलायतमा यस क्षेत्रका केही कर्मचारीहरूको लागि “अग्रेसिभ नन्–कम्पिट अग्रिमेन्ट्स” (आक्रामक गैर–प्रतिस्पर्धी सम्झौताहरू) प्रयोग गरिरहेको उल्लेख छ। यसले तार्किक रूपमा उनीहरूलाई प्रतिस्पर्धीहरूको लागि काम गर्नबाट रोक्ने बताइएको छ।

अमेरिकामा, नियामकहरूले गत वर्ष धेरैजसो यस्ता सम्झौताहरूमा प्रतिबन्ध लगाएका थिए भने बेलायतको हकमा भने यो लागू नभएको उल्लेख गरिएको छ।

डीपमाइन्डका कर्मचारीहरूलाई आफ्ना सम्झौताहरू बुझ्न समस्या भइरहेको भनि माइक्रोसफ्टका एक कार्यकारीलाई कर्मचारीहरूले धाराहरू स्पष्ट गर्नका लागि सम्पर्क गरिरहेका थिए भनि कम्पनीका कार्यकारीले बताएपछि यस बारे जानकारी बाहिरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार