गुगल पिक्सेल १० प्रो फोल्ड रेन्डरहरूमा देखा परे

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
गुगल पिक्सेल १० प्रो फोल्ड रेन्डरहरूमा देखा परे

काठमाडौं ।

गुगलको आगामी पिक्सेल १०, पिक्सेल १० प्रो, र पिक्सेल १० प्रो एक्सएल स्मार्टफोनहरूको मार्चमा देखा परेका रेन्डरहरूले डिभाइसहरूको डिजाइनको खुलासा गरेका थिए। यसै क्रममा अब फोल्डेबल पिक्सेल १० प्रो फोल्डको लुक्सको पनि खुलासा भएको छ।

पिक्सेल १० प्रो फोल्ड आफ्नो पूर्ववर्ती, पिक्सेल ९ प्रो फोल्ड जस्तै भएको बताइएको छ। रेन्डर भिडियोले डिभाइसलाई फोल्ड गरिएको रूपमा नदेखाएको र यो आफ्नो पूर्ववर्ती पिक्सेल ९ प्रो फोल्ड भन्दा ०.२ एमएम बाक्लो हुने दावी गरिएको छ।

पिक्सेल १० प्रो फोल्डको आयाम १५५.२ × १५०.४ × ५.३ एमएम हुने भनिएको छ भने यसको पूर्ववर्ती अनफोल्ड गर्दा १५५.२ × १५०.२ × ५.१ एमएम मापन गर्ने बताइएको छ।

पिक्सेल १० प्रो फोल्डको पूर्ण विवरणहरूको जानकारीहरु हाल उपलब्ध नभएको बताइएको छ। अफवाहहरूले यो डिभाइस १६ जीबी र्याम र २५६/५१२ जीबी आन्तरिक स्टोरेजको साथ टेन्सर जी५ प्रोसेसरद्वारा संचालित हुने सुझाव दिएको छ।

पिक्सेल १०, पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल मोडेलहरूको साथ अगस्टमा प्रस्तुत हुने अपेक्षा गरिएको एन्ड्रोइड हेडलाइन्सले उल्लेख गरेको छ।

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...