प्रदेश नं. ३ मा विद्युतीय सार्वजनिक बस संचालन गरिने, ३० करोड लगानीमा १५ वटा बस सञ्चालन हुने

  • Technology Khabar | २१ कार्तिक २०७५, बुधबार
प्रदेश नं. ३ मा विद्युतीय सार्वजनिक बस संचालन गरिने, ३० करोड लगानीमा १५ वटा बस सञ्चालन हुने

काठमाडौं ।

काठमाडौं । प्रदेश नं. ३ सरकारले आउँदो वैशाखसम्म १५ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित लगायतको संयुक्त बैठकमा विद्युतीय सवारीसाधन सञ्चालनका सम्बन्धमा छलफल भएको र लगानी गर्ने सहमति भएको हो।

प्रदेश ३ मा सार्वजनिक सवारी सञ्चालन गर्ने गरी लगानी गर्न लागेको हो ।

यातायातले प्रदेशभित्रका १३ जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गर्न लागेको हो ।

बैठकमा मुख्यमन्त्री पौडेलले सार्वजनिक निजी साझेदारितामार्फत विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्ने बताए ।

इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गरेर वातावरणमा इन्धनजन्य सवारीबाट परेको असर कम गर्ने प्रदेशको नीति अनुरुप लगानी हुनेछ । यसका लागि आउँदो बैशाखबाट प्रदेश सरकारबाट सञ्चालित बिद्युतीय बसहरु चल्नेछन् ।

प्रदेश नम्बर ३ ले ३० करोड लगानी गरी १५ वटा बस सञ्चालन गरिने भएको हो।

प्रकाशित: २१ कार्तिक २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार