शाओमी १८ प्रो सिरिज नोभेम्बरभित्रै विश्व बजारमा सार्वजनिक हुने

  • Technology Khabar | १७ कार्तिक २०८३, मंगलवार
शाओमी १८ प्रो सिरिज नोभेम्बरभित्रै विश्व बजारमा सार्वजनिक हुने

काठमाडौं ।

शाओमी १८ प्रो र शाओमी १८ प्रो म्याक्स गत सेप्टेम्बरमा चीनमा सार्वजनिक भएका थिए।

त्यसपछि कम्पनीले यी फोन विश्व बजारमा पनि ल्याउने योजना रहेको पुष्टि गरेको थियो। अहिले कम्पनीले सामाजिक सञ्जालमार्फत यी फोनको अन्तर्राष्ट्रिय सार्वजनिक मितिबारे जानकारी दिन थालेको छ।

कम्पनीले सामाजिक सञ्जालमा गरेको पोस्टअनुसार शाओमी १८ प्रो सिरिज यसै महिनाको अन्त्यतिर विश्व बजारमा सार्वजनिक हुनेछ।

जीएसएमएरिनाका अनुसार अघि यी फोन इटालीको अनलाइन रिटेलर ईपीटीओको वेबसाइटमा देखिएका थिए। त्यहाँ फोनका विशेषता, उपलब्ध रङ र युरोपेली बजारका मूल्यसमेत सार्वजनिक भएका छन्। वेबसाइटमा राखिएको विवरणअनुसार शाओमी १८ प्रोको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ हजार ३९८.९० युरो हुनेछ।

त्यस्तै शाओमी १८ प्रो म्याक्स १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजको एउटै भेरियन्टमा उपलब्ध हुने र यसको मूल्य १ हजार ७८३.९० युरो रहने उल्लेख छ।

फोनका अधिकांश विशेषता चिनियाँ संस्करणकै जस्ता भए पनि विश्व बजारमा उपलब्ध हुने संस्करणमा ब्याट्री क्षमता भने कम हुने देखिएको छ। शाओमी १८ प्रोमा चीनमा उपलब्ध संस्करणको ७ हजार एमएएचको सट्टा ६ हजार एमएएच ब्याट्री राखिने सूचीमा उल्लेख छ।

त्यस्तै, शाओमी १८ प्रो म्याक्समा चीनको ८ हजार ५०० एमएएचको तुलनामा ७ हजार ५० एमएएच ब्याट्री हुने जनाइएको छ। दुवै फोन कालो, सेतो र भेल्भेट रेड गरी तीन रङमा उपलब्ध हुने विवरणमा उल्लेख छ।

प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार