सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा

  • Technology Khabar | १८ कार्तिक २०८३, बुधबार
सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा

काठमाडौं ।

यसै महिनाको सुरुवातमा दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारले सामसङका स्मार्ट चस्मा नोभेम्बरमा सार्वजनिक हुने दाबी गरेको थियो।

तर, सोही सञ्चारमाध्यमको अहिलेको समाचारअनुसार यी चस्मा वास्तवमा डिसेम्बरको मध्य देखि बजारमा उपलब्ध हुनेछन्।

सुरुवाती चरणमा यी चस्मा दक्षिण कोरिया र अमेरिकामा मात्रै बिक्री गरिने बताइएको छ। सुरुवाति बजार विस्तारमा युरोप, चीन र जापान भने समावेश हुने छैनन्।

अन्य बजारमा विस्तार गर्नुअघि सामसङले कोरिया र अमेरिकी बजारबाट उपभोक्ताको प्रतिक्रिया बुझ्न चाहेको देखिन्छ। कम्पनीले आफ्नो ग्यालेक्सी एक्सआर डिभाइस सार्वजनिक गर्दा पनि यस्तै उपाय अपनाएको थियो।

ग्यालेक्सी एक्सआर गत अक्टोबरमा दक्षिण कोरिया र अमेरिकामा सार्वजनिक गरिएको थियो भने यस वर्षको जुलाईमा मात्रै बेलायतमा उपलब्ध गराइएको थियो।

रिर्पोटका अनुसार, स्मार्ट चस्माको मूल्य भने अहिलेसम्म निर्धारण गरिएको छैन।

सञ्चारमाध्यमका अनुसार, स्मार्ट चस्मा एन्ड्रोइड एक्सआर र जेमिनाइमा आधारित छन्। यिनमा स्क्रिन उपलब्ध छैन तर क्यामेरा, माइक्रोफोन र स्पिकर जडान गरिएको छ।

टेलिग्राफका अनुसार, यो चस्माले समयमै भाषा अनुवाद गर्न, आवाजमार्फत निर्देशन दिन र कागजात वा मिटिङका तस्बिर खिच्न सक्छन्। यसरी खिचिएका तस्बिरलाई प्रयोगकर्ताको ग्यालेक्सी फोनमा रहेको नोट्स एपमा मिलाउन सकिन्छ।

चस्मामा स्न्यापड्रागन एआर१ जेन १ चिप प्रयोग गरिएको छ। सामसङका अनुसार एकपटक पूर्ण चार्ज गर्दा नौ घण्टासम्म काम गर्न सक्छ।

यी चस्माको फ्रेम डिजाइन भने सामसङले जेन्टल मोन्स्टर र वार्बी पार्करसँगको सहकार्यमा तयार पारेको हो।

प्रकाशित: १८ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार