स्याङ्जाको लल्याङमा टेलिकमको सेवा बिस्तार, पाँच एमबीपिएसको एडिएसएल पनि चलाउन पाईने

  • Technology Khabar | १२ कार्तिक २०७५, सोमबार
स्याङ्जाको लल्याङमा टेलिकमको सेवा बिस्तार, पाँच एमबीपिएसको एडिएसएल पनि चलाउन पाईने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ ।

विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुनसक्ने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले जानकारी दिए ।

गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि सो सेवा विस्तारको प्रयास गरिएको थियो तथापी हाल आएर नयाँ नेटवर्किङ गरि सम्पन्न भएकोमा आफूलाई अत्यन्तै खुशी लागेको त्यहाँका वडा अध्यक्ष महेश भट्टराइले जानकारी दिए ।

नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो, जसबाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।

प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार