Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
अधिक सुविधाहरू थप गरेको आलोचनाको बावजुद गुगल म्याप्सको लोकप्रियता बढ्दै गएको छ। यो लामो समयदेखि विश्वको अग्रणी नेभिगेसन एप बन्न सफल भएको छ र गुगलद्वारा साझा गरिएको पछिल्लो डाटाले यस बारे स्पष्ट पार्ने उल्लेख गरिएको छ।
गुगल म्याप्सले आफ्नो २० औं वार्षिकोत्सव मनाएको र उक्त अवसरमा गुगलले सन् २०२४ मा मात्रै एपले “एक ट्रिलियन किलोमिटरको लागि निर्देशन दिएको” खुलासा गरेको छ।
उत्तम नेभिगेसनको बारेमा छलफल हुँदा, हालैका दुखद घटनाहरूलाई उद्धृत गर्दै गुगल म्याप्सका आलोचकहरूले प्रायः यो पुरानो र कहिलेकाहीँ गलत भएको तर्क गर्ने गरेको टेलीग्राफले उल्लेख गरेको छ।
गुगलले भने हरेक दिन १० करोड म्याप अपडेट गर्ने गरेको दावी गरेको छ र यसले एप्लिकेसनलाई सुधार गर्न निरन्तर प्रयास भइरहेको संकेत गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी म्याप्समा जानकारी दिने प्रयोगकर्ताको संख्या ५० करोड नाघेको कम्पनीले बताएको छ। यी प्रयोगकर्ताहरूले कमेन्ट (टिप्पणीहरू), फोटो (तस्बिरहरू), रेटिङ (मूल्याङ्कनहरू) र ट्राफिक रिपोर्टहरू पोस्ट गर्दछन् जसले अरूलाई सजिलैसँग एप नेभिगेट गर्न मद्दत गर्दछ।
गुगल म्याप्सको बारेमा रिपोर्टिङ गरिएका घटनाले एपलाई वेजको नजिक ल्याएको बताइएको छ जसले, दुई एपहरू मर्ज गर्ने गुगलले योजना बनाएको अनुमानलाई बढावा दिइरहेको छ। त्यसो हुने सम्भावना भने निकै कम भएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार