हतियार र निगरानीको लागि अब एआई प्रयोग गर्न मिल्ने गुगलको सोच

Technology Khabar २५ माघ २०८१, शुक्रबार

काठमाडौं ।

गुगलले सन् २०१८ मा पहिलो पटक प्रकाशित गरेदेखि अब कम्पनLले आफ्ना एआई सिद्धान्तहरूमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ। द वाशिङ्गटन पोस्टले देखेको परिवर्तनमा सर्च जायन्टले हतियार वा निगरानी प्रविधिमा एआई टुल्सहरूको प्रयोगको लागि “डिजाइन वा प्रयोग” नगर्ने वाचा गरेको कागजातलाई सम्पादन गरेर हटाएको छ।

यस अघि, ती दिशानिर्देशहरूमा “हामीले नपछ्याउने एप्लिकेसन्स” शीर्षकको खण्ड समावेश रहेको थियो भने कागजातको हालको संस्करणमा अवस्थित नभएको उल्लेख गरिएको छ।

त्यसको सट्टा, त्यहाँ अब “उत्तरदायी विकास र परिचालन” शीर्षकको खण्ड समावेश रहेको बताइएको छ। त्यहाँ, “उपयोगकर्ता लक्ष्यहरू, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय कानून र मानव अधिकारका व्यापक रूपमा स्वीकृत सिद्धान्तहरूसँग पङ्क्तिबद्ध गर्न उपयुक्त मानव निरीक्षण, उचित लगनशीलता र प्रतिक्रिया संयन्त्रहरू” लागू गर्ने गुगलले बताएको उल्लेख गरिएको छ।

यो कम्पनीले गत महिनाको अन्त्यताका हालैको एआई सिद्धान्तहरूको अघिल्लो संस्करण कम्पनिको आफ्नो वेबसाइटमा लाइभ भएको बेलामा गरेको विशेष प्रतिबद्धताहरू भन्दा धेरै फराकिलो प्रतिबद्धता हो।

उदाहरणका लागि यो हतियारसँग सम्बन्धित छ, कम्पनीले भने सुरुमा यसले एआईलाई “हतियार वा अन्य प्रविधिहरूमा प्रयोगको लागि डिजाइन गर्दैन जसको मुख्य उद्देश्य वा कार्यान्वयन भनेको मानिसहरूलाई प्रत्यक्ष रूपमा चोट पुर्याउनु सहज नबनाउनु हो।”

एआई सर्भिलेन्स टुल्स (निगरानी उपकरणहरू) सन्दर्भमा, कम्पनीले “अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मानदण्डहरू” उल्लङ्घन गर्ने प्रविधिको विकास नगर्ने बताएको छ।

इनग्याजेटले टिप्पणीको लागि आग्रह गर्दा, गुगलका प्रवक्ताले बिहीबार प्रकाशित कम्पनीको ब्लग पोस्टतर्फ औंल्याएको उल्लेख गरिएको छ। त्यसमा, डीपमाइन्डका सीईओ डेमिस हासाबिस र गुगलमा अनुसन्धान, प्रयोगशाला, प्रविधि र समाजका वरिष्ठ उपाध्यक्ष जेम्स मनिका भन्छन्, “सामान्य–उद्देश्यीय प्रविधि” को रूपमा एआईको उदयले गर्दा नीति परिवर्तन आवश्यक छ।

“स्वतन्त्रता, समानता र मानव अधिकारको सम्मान जस्ता मूल मूल्यहरूद्वारा निर्देशित प्रजातन्त्रले एआई विकासमा नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ। र यी मूल्यहरू साझा गर्ने कम्पनीहरू, सरकारहरू र संस्थाहरूले मानिसहरूको सुरक्षा गर्ने, विश्वव्यापी वृद्धिलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय सुरक्षालाई समर्थन गर्ने एआई सिर्जना गर्न मिलेर काम गर्नुपर्छ,” दुई जनाले लेखेको उल्लेख गरिएको छ।

“… हाम्रा एआई सिद्धान्तहरूद्वारा निर्देशित, हामी हाम्रो मिशन, हाम्रो वैज्ञानिक फोकस, र हाम्रो विशेषज्ञताका क्षेत्रहरूसँग मिल्दोजुल्दो एआई अनुसन्धान र अनुप्रयोगहरूमा ध्यान केन्द्रित गर्न जारी राख्नेछौं, र अन्तर्राष्ट्रिय कानून र मानव अधिकारका व्यापक रूपमा स्वीकार गरिएका सिद्धान्तहरूसँग एकरूप रहनेछौं – सँधै लाभहरू पर्याप्त रूपमा सम्भावित जोखिमहरू भन्दा बढी छन् कि छैनन् भन्ने होसियारीपूर्वक मूल्याङ्कन गरेर विशेष कामको मूल्याङ्कन गर्ने” भनी उल्लेख गरिएको छ।

गुगलले आफ्नो एआई सिद्धान्तहरू सन् २०१८ मा प्रोजेक्ट माभेन पछि पहिलो पटक प्रकाशित गरेको थियो। यो एउटा विवादास्पद सरकारी सम्झौता थियो।

गुगलका दर्जनौं कर्मचारीहरूले सम्झौताको विरोधमा कम्पनी छोडे भने हजारौंले विरोधमा निवेदनमा हस्ताक्षर गरेको उल्लेख गरिएको छ। जब गुगलले अन्ततः आफ्नो नयाँ दिशानिर्देशहरू प्रकाशित गरेपछि, सीईओ सुन्दर पिचाईले कथित रूपमा कर्मचारीहरूलाई उनीहरू “समयको परीक्षा” सँग खडा हुनेछन् भनि उनले आशा गरेको उल्लेख गरिएको छ।

यद्यपि सन् २०२१ सम्ममा, गुगलले पेन्टागनको संयुक्त वार (युद्ध) फाइटिङ्ग क्लाउड ङ्गयापाबिलिटी (क्षमता) क्लाउड अनुबंधको लागि “आक्रामक” बोलीको साथमा फेरि सैन्य सम्झौताहरू पछ्याउन थालेको उल्लेख छ।

यस वर्षको सुरुवातमा, द वाशिङ्गटन पोस्ट ले गुगलका कर्मचारीहरूले सरकारको एआई टुल्स (उपकरणहरू) को प्रयोग विस्तार गर्नको लागि इजरायलको रक्षा मन्त्रालयसँग बारम्बार काम गरेको रिपोर्ट गरेको छ।

प्रकाशित: २५ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया