फोनपेको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले १०.५३ प्रतिशत नगद लाभांश पाउने

  • Technology Khabar | २ माघ २०८१, बुधबार
फोनपेको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले १०.५३ प्रतिशत नगद लाभांश पाउने

काठमाडौं ।

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मिति पौष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

साथै आ.व. २०८१-८२ को लेखापरिक्षकको लागि एनबीएसएस एण्ड एसोसियट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...