एआई मोडेल जेमिनीलाई २०२५ मा सबैभन्दा बढी प्राथमिकता दिइनेछ- सीईओ पिचाई

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
एआई मोडेल जेमिनीलाई २०२५ मा सबैभन्दा बढी प्राथमिकता दिइनेछ- सीईओ पिचाई

काठमाडौं ।

गुगलका सीईओ सुन्दर पिचाईले एआई मोडेल “जेमिनी” लाई २०२५ मा कम्पनीको सबैभन्दा ठूलो प्राथमिकता दिइने बताएका छन्।

सीएनबीसीको रिपोर्ट अनुसार १८ डिसेम्बरमा आयोजित एक रणनीति बैठकमा पिचाईले गुगलका कर्मचारीहरूसँग २०२५ लाई कम्पनीको लागि “महत्वपूर्ण वर्ष” हुने बताएका थिए।

बैठकमा पिचाई र अन्य कार्यकारीहरूले क्रिसमसको अवसरमा रमाइला स्वेटर लगाएर आगामी वर्षका प्राथमिकताहरू प्रस्तुत गरेका टेकक्रञ्चले उल्लेख गरेको छ।

पिचाईले भने, “सन् २०२५ धेरै महत्वपूर्ण हुने मेरो विश्वास छ। हामीले यो क्षणको महत्त्वलाई बुझ्न र कम्पनीले छिटो गति अपनाउनु आवश्यक छ। यो अवसर गुम्न दिनुहुँदैन।”

हालको समय प्रविधि कम्पनीहरूले एआईमा ठूलो लगानी गरिरहेको छ, तर मिश्रित परिणामहरू देखिएका छन्। पिचाईले एआई क्षेत्रमा गुगलले केही काम गर्न बाँकी रहेको स्वीकार गरे। उनले “जेमिनी” एपले राम्रो गति लिइरहेको बताउँदै “२०२५ मा भने यस क्षेत्रमा अन्तर घटाउन र नेतृत्व स्थापित गर्न धेरै काम गर्नुपर्ने” उल्लेख गरे।

“उपभोक्ता क्षेत्रमा जेमिनीको विस्तार हाम्रो लागि आगामी वर्षको सबैभन्दा ठूलो प्राथमिकता हुनेछ,” उनले थपे।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार