भारतमा टेलिकम कम्पनीहरूले कल र एसएमएसका लागि मात्रै छुट्टै ट्यारिफ योजना ल्याउनु आवश्यक

  • Technology Khabar | ११ पुष २०८१, बिहीबार
भारतमा टेलिकम कम्पनीहरूले कल र एसएमएसका लागि मात्रै छुट्टै ट्यारिफ योजना ल्याउनु आवश्यक

काठमाडौं ।

पछिल्ला केही वर्षयता भारतीय टेलिकम कम्पनीका अधिकांश ट्यारिफ प्लानमा डाटा समावेश गरिएको छ। जसका कारण डाटा प्रयोग नगर्ने ग्राहकले अलि बढी तिर्नुपर्ने हुन्छ।

अब भने, भारतीय दूरसंचार नियामक प्राधिकरण (ट्राई) ले नियम परिवर्तन गरेर टेलिकम कम्पनीहरूलाई भ्वाइस कल र एसएमएसको लागि छुट्टै ट्यारिफ योजनाहरू उपलब्ध गराउन अनिवार्य गरेको मिडिया रिपोर्टमा भनिएको छ।

“सेवा प्रदायकले भ्वाइस कल र एसएमएसको लागि न्यूनतम एक विशेष ट्यारिफ भाउचर प्रस्ताव गर्नेछ, जसको वैधता अवधि ३६५ दिन भन्दा बढी हुँदैन,” ट्राइले संशोधित टेलिकम उपभोक्ता संरक्षण नियमावलीमा भन्यो।

यसले डाटा प्रयोग नगर्ने प्रयोगकर्ताहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। यससँगै ट्राईले टेलिकम कम्पनीहरूलाई कुनै पनि मूल्यको रिचार्ज भाउचर उपलब्ध गराउने अनुमति दिएको छ। तर, यी कम्पनीहरूले कम्तीमा १० रुपैयाँको रिचार्ज कुपन जारी गर्नुपर्ने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

यसैगरी, भारतीय दूरसञ्चार नियामकले स्पाम कल र म्यासेजको समस्या समाधान गर्न केही नयाँ उपायहरू पनि गरेको छ। ट्राईले ठूला टेलिकम कम्पनीहरूलाई यो समस्या रोक्न नसकेको भन्दै जरिवाना लगाएको छ। यसअघि पनि टेलिकम कमर्शियल कम्युनिकेसन कस्टमर प्रिफरेन्स रेगुलेसन (टीसीसीसीपीआर) अन्तर्गत यी कम्पनीहरूलाई जरिवाना लगाइएको थियो।

टीसीसीसीपीआर सन् २०१० मा लागू गरिएको थियो। यसको उद्देश्य ग्राहकहरूलाई स्पाम कल र सन्देशहरूबाट जोगाउनु हो। ट्राइको नयाँ नियम मेसेज ट्रेसेबिलिटी भनिने डिसेम्बर ११ देखि लागू भएको छ। यो नियमले स्पाम सन्देशहरू कम गर्न मद्दत गर्ने बताईएको छ।

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ११ पुष २०८१, बिहीबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ११ पुष २०८१, बिहीबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ११ पुष २०८१, बिहीबार