Technology Khabar १९ मंसिर २०८१, बुधबार
काठमाडौं ।
अनरले सोमबार चीनमा ३०० सिरिजको घोषणा गरेको छ भने मलेसियाको डिभिजनले नयाँ इन्ट्री–लेभल डिभाइसः अनर एक्स९सी स्मार्ट स्मार्टफोनको घोषणा गरेको छ।
साथै “स्मार्ट” यसको वास्तविक नामको अंश भएको र यो अनर एक्स६० सँग एकदम मिल्दोजुल्दो रहेको बताइएको छ। यद्यपि अनर एक्स९सी स्मार्ट पछाडि एउटा अतिरिक्त क्यामराको साथ आउने उल्लेख गरिएको छ।
अनरले एक्स९सी स्मार्टमा डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट समावेश गरेको बताइएको छ। फोनमा १०८०पी रिजोल्युसनको साथ ६.८ –इन्चको एलसीडी र १६ मेगापिक्सेलको सेल्फी क्यामराको लागि सिङ्गल पञ्च होल रहेको उल्लेख छ।
त्यसैगरी अनर एक्स९सी स्मार्टको क्यामरा सेटअपमा १०८ मेगापिक्सेलको मुख्य र ५ मेगापिक्सेलको अल्ट्रा–वाइड शूटरहरू समावेश गरिएका छन्।
यसबाहेक अनर एक्स९सी स्मार्टको बाँकी अन्य स्पेक्सहरू – एन्ड्रोइड १४ को टपमा म्याजिकओएस ८, ३५डब्ल्यू (वाट) फास्ट चार्जिङको साथ ५,८०० एमएएचको ब्याट्री, र साइड माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर रहेका छन्।
अनर मलेशियाले एक्स९सी स्मार्ट ओसियन स्यान र मूनलाइट व्हाइट रङ्गहरूमा उपलब्ध गराउने बताइएको छ्। साथै डिसेम्बर ११ तारिखमा अर्डरहरू खुल्ला गरेसँगै यसको स्थानीय मूल्यको बारेमा पनि खुलासा गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ मंसिर २०८१, बुधबार