कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे १३ अर्ब हाराहारीको स्मार्टफोन, कुन देशबाट कति?

  • Technology Khabar | १५ मंसिर २०८१, शनिबार
कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे १३ अर्ब हाराहारीको स्मार्टफोन, कुन देशबाट कति?
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको देखिएको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको कार्तिक महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढेको देखिएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को चौथो महिना अर्थात् भदौ मसान्तसम्म १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ८ लाख २७ हजार ९२५ थान स्मार्टफोन आयात भएको हो।

चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ४९ करोड २७ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५० मुलुकबाट स्मार्टफोन आएको गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनासम्म चीनबाट ९ अर्ब १९ करोड ७१ लाख ९९ हजार रुपैयाँ बराबरको ६ लाख ११ हजार ९९७ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब २ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार ४९ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ४८ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।

तालिका यस प्रकार छ:

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन ६११९९७ ९१९७१९९
भारत २१३०४९ ४०२८४६४
भियतनाम १०२४ ९०६
अमेरिका ४१६ ४९३६७
जापान ३९२ २९४९२
यूएई २८५ ३४३३९
कोरिया १५० ११०१६
अस्ट्रेलिया १३८ १५१८१
कतार १०१ ११९२५

 

क्रं स देश विवरण (थान) रकम (हजारमा)
कुवेत ८७ १०९८
हङकङ ६८ ५२५८
बेलायत ६१ ६५७७
क्यानडा ३३ ३८०७
मलेसिया २१ ७७३
साउदी अरेबिया १२ ७९५

 

यसबाहेक अन्य ३५ देशबाट घटीमा १ देखि बढीमा ९ थानसम्म स्मार्टफोन आएका छन्।

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार