Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
ओप्पो रेनो १३ र १३ प्रो सोमबार (नोभेम्बर २५) मा चीनमा लन्च गर्न लागिएको छ। त्यसैगरी दुबै स्मार्टफोनहरू हालै टीईएनएए सर्टिफिकेसन र चाइना टेलिकमको प्रोडक्ट लाइब्रेरीको डाटाबेसमा देखा परेको छ। यी लिस्टिङहरूले आगामी रेनो मोडेलहरूको बारेमा लगभग सबै कुराहरूको खुलासा गरेका छन्।
साथै, ओप्पोले दुबै स्मार्टफोनहरूको मुख्य स्पेसिफिकेशनहरू पुष्टि गरेको छ। हालसम्म देखा परेका सबै जानकारीको विस्तृत विवरण यहाँ रहेका छन्।
ओप्पो रेनो १३ को स्पेसिफिकेशन
ओप्पो रेनो १३ मा १२७६० × १५५६ पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने ६.५९ इन्चको एएमओएलईडी स्क्रिन समावेश गरिएको छ जसले स्मूथ र जीवन्त डिस्प्ले सुनिश्चित गर्दछ।
यो स्मार्टफोन डाइमेन्सिटी ८३५० प्रोसेसरद्वारा संचालित हुने बताइएको छ। यसमा ५,६००एमएएच ब्याट्री प्याक रहेको छ जसले ८०डब्ल्यू (वाट) फास्ट (द्रुत) चार्जिङ र ५०डब्ल्यू (वाट) वायरलेस चार्जिङलाई समर्थन गर्नेछ।
क्यामरा क्षमताहरूको सन्दर्भमा, रेनो १३ मा ५०–मेगापिक्सेलको फ्रन्ट क्यामराको साथ ५०–मेगापिक्सेलको मुख्य सेन्सर र ८–मेगापिक्सेल अल्ट्रा–वाइड सेन्सर सहित डुअल रियर क्यामरा सेटअप रहेको छ। कलरओएस १५ को साथ एन्ड्रोइड १५ मा रन हुने (चल्ने) फोनमा इन–स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर र आईआर ब्लास्टर पनि समावेश गरिएका छ।
रेनो १३ को आयामहरू १५७.७३ × ७४.७३ × ७.२४एमएम छन् भने यसको तौल १८१ ग्राम रहेको छ। साथै यसलाई धुलो र पानी प्रतिरोधको लागि आईपी६८/६९ पनि रेट (मूल्याङ्कन) गरिएको छ।
ओप्पो रेनो १३ को मूल्य
रेनो १३ यी कन्फिगरेसनहरूमा उपलब्ध हुनेछः १२जीबी+२५६जीबी, १२जीबी+५१२जीबी, १६जीबी+२५६जीबी, १६जीबी+५१२जीबी, र १६जीबी+१टीबी।
चाइना टेलिकम लिस्टिङ अनुसार, यी भेरियन्टहरूको अनुमानित मूल्य २,७९९ युआन (३८५ अमेरिकी डलर), ३,०९९ युआन (४२७ अमेरिकी डलर), ३,०९९ युआन (४२७ अमेरिकी डलर), ३,५९९ युआन (४९५ अमेरिकी डलर) र ३,८९९ युआन (५३८ अमेरिकी डलर) रहेका छन्। साथै रेनो १३ को रङ्ग विकल्पहरूमा मिडनाइट ब्ल्याक, बटरफ्लाइ पर्पल र ग्यालेक्सी ब्लू समावेश रहेका छन्।
ओप्पो रेनो १३ प्रो को स्पेसिफिकेशन
ओप्पो रेनो १३ प्रो मा, २८०० × २१७२ पिक्सेलको १.५के रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटसहितको ठूलो ६.८३–इन्च एएमओएलईडी स्क्रिन रहेको छ। रेनो १३ जस्तै, यो स्मार्टफोनमा डाइमेन्सिटी ८३५० प्रोसेसर पनि समावेश गरिएको छ। यो स्मार्टफोनमा ५६४०एमएएच रेटेड ब्याट्री रहेको छ जसले ८०डब्ल्यू (वाट) फास्ट (द्रुत) चार्जिङ र ५०डब्ल्यू (वाट) वायरलेस चार्जिङ समर्थन गर्दछ।
फोटोग्राफी उत्साहीहरूका लागि भनेर रेनो १३ प्रोले ५० मेगापिक्सेलको फ्रन्ट क्यामराको साथमा ट्रिपल रियर क्यामरा सेटअप प्रदान गर्दछ जसमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड सेन्सर र सम्भवतः पेरिस्कोप लेन्स हुन सक्ने ३.५× अप्टिकल जूमसहितको ५० मेगापिक्सेलको सेन्सर समावेश छ।
यो डिभाइस कलरओएस १५ को साथ एन्ड्रोइड १५ मा रन हुन्छ (चल्छ) जसमा इन–स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर र आईआर ब्लास्टर रहेको छ। रेनो १३ प्रो को आयामहरू १६२.७३ × ७६.५५ × ७.५५एमएम छन् र यसको तौल १९७ ग्राम रहेको छ। साथै यसलाई धुलो र पानी प्रतिरोधको लागि आईपी६८/६९ पनि रेट (मूल्याङ्कन) गरिएको छ।
ओप्पो रेनो १३ प्रो को मूल्य
रेनो १३ प्रो १२जीबी+२५६जीबी, १२जीबी+५१२जीबी, १६जीबी+५१२जीबी र १६जीबी+१टीबी गरी चारवटा विकल्पहरूमा उपलब्ध हुनेछन्। चाइना टेलिकम लिस्टिङले यी भेरियन्टहरूको अनुमानित मूल्य ३,४९९ युआन (४८५ अमेरिकी डलर), ३,७९९ युआन (५२५ अमेरिकी डलर), ४,०९९ युआन (५६५ अमेरिकी डलर) र ४,०९९ युआन (५६५ अमेरिकी डलर) हुने देखाएको छ। साथै यो मिडनाइट ब्ल्याक, बटरफ्लाइ पर्पल र स्टारलाइट पिंक जस्ता रंगहरूमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १० मंसिर २०८१, सोमबार