Google

गुगलद्वारा जेमिनी एआई टोलीमा उल्लेख्य परिवर्तन

गुगलद्वारा जेमिनी एआई टोलीमा उल्लेख्य परिवर्तन
Global IME Bank

अल्फाबेटको गुगलले जेमिनि एपलाई विकास गर्ने टिमलाई आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान प्रयोगशाला डीपमाइण्डमा सार्ने घोषणा गरेको छ। यो कदमले कम्पनीको संरचना थप सरल बनाउने र जेनरेटिभ एआई प्रतिष्पर्धामा गुगल लाई राम्रो स्थानमा राख्ने लक्ष्य राखेको बुझिएको छ।

गुगलका सीईओ सुन्दर पिचाईले एउटा ब्लग पोस्टमा भने, “यसले हाम्रो नयाँ मोडेलहरू जेमिनि एपमा छिटो तैनाथ गर्न र प्रत्यक्ष प्रतिक्रिया प्राप्त गर्न मद्दत गर्नेछ।”

जेमिनि डीपमाइण्डद्वारा विकास गरिएको गुगलको सबैभन्दा उन्नत एआई प्रविधि हो। जेमिनि एप भनेको यो मोडेलको प्रत्यक्ष उपभोक्ता इन्टरफेस हो। यो एपको टिमलाई अब सिसी ह्सियाओको नेतृत्वमा गुगल डीपमाइण्ड मा स्थानान्तरण गरिने र त्यहाँ सीईओ डेमिस हासाबिसको नेतृत्वमा काम हुने न्युज१८ ले जनाएको छ।

गुगलले गुगलका सर्च, विज्ञापन र व्यापार सहितका उत्पादनहरूको नेतृत्व गरेका प्रभाकर राघवन अब कम्पनीका मुख्य प्रविधि विज्ञ बन्नेछन् र सीईओ पिचाईसँग नजिकबाट काम गर्ने पनि घोषणा गरेको छ। राघवनको नेतृत्वमा रहेको ज्ञान र सूचना टिमको नेतृत्व गुगलका एआई  उत्पादनको रोडम्यापमा लामो समयदेखि काम गरिरहेका निक फक्सले गर्ने बताइएको छ।

Sajilo Visa
easy care