Technology Khabar ४ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
युट्युबले आफ्नो प्रिमियम लाइट सब्सक्रिप्शन टियरको पुनः परीक्षण गरिरहेको छ। प्रयोगकर्ताको स्क्रिनसटहरूले यसलाई यो हप्ता सोशल मिडियामा यसबारे चर्चाको विषय बनाएको छ।
यसै क्रममा शुक्रबार एक गुगल प्रतिनिधिले यो योजना अष्ट्रेलिया, जर्मनी र थाइल्याण्डमा परीक्षण भइरहेको अन्य धेरै आउटलेटहरूलाई पुष्टि गरेका छन्। यो नयाँ संस्करणमा “सीमित विज्ञापनहरू” हुनेछन् जसलाई फाइन प्रिन्टले प्रायजसो भिडियोहरूलाई विज्ञापन–रहित भएको भनी वर्णन गर्ने गर्दछ। “यद्यपि सर्च र ब्राउज गर्दा म्युजिक कन्टेन्ट र शर्टहरूमा भिडियो विज्ञापनहरू र अवरोध नगर्ने विज्ञापनहरू देख्न सकिन्छ” भन्दै इनग्याजेटले उल्लेख गरेको छ।
सन् २०२१ मा युरोपमा मूल प्रिमियम लाइट सदस्यताको परीक्षण सुरु गरिएको थियो भने भिडियो प्लेटफर्मले सन् २०२३ को अक्टोबरमा विकल्प हटाएको हुनाले यो केही वर्ष मात्र चलेको थियो। साथै योजनाको एकमात्र फाइदा भनेको सबै विज्ञापनहरू हटाउनु भएको र यसले नियमित प्रिमियम अफरिङ्गको अफलाइन वा ङ्गयाकग्राउण्ड भ्यूइङ्ग अप्सनहरू प्रदान नगरेको इनग्याजेटले थप उल्लेख गरेको छ।
अष्ट्रेलियामा प्रिमियम लाइटको लागि प्रति महिना ९ अमेरिकी डलरको मूल्य निर्धारणको मोडेल रहेको छ भने फुल प्रीमियम एक्सेसको लागि प्रति महिना १७ अमेरिकी डलर रहेको पुष्टि गरिएको छ। साथै त्यो मूल्य ओरिजिनल (मूल) लाइटको लागतसँग मिल्दोजुल्दो रहेको छ जुन नियमित योजनाको करिब आधा दर भएको थप उल्लेख गरिएको छ।
प्रति महिना एक व्यक्तिको लागि १४ अमेरिकी डलर वा परिवार विकल्पको लागि प्रति महिना २३ अमेरिकी डलर जस्ता युट्युब सब्सक्रिप्शन (सदस्यता) को हालको लागतहरूको मिड– टियर छनौट पक्कै पनि आकर्षक हुन सक्ने इनग्याजेटले थप उल्लेख गरेको छ।
प्रकाशित: ४ कार्तिक २०८१, आईतवार