पिक्सेल वाच र पिक्सेल वाच २मा वेयर ओएस५ अपडेट रोकेको गुगलको घोषणा

  • Technology Khabar | २९ आश्विन २०८१, मंगलवार
पिक्सेल वाच र पिक्सेल वाच २मा वेयर ओएस५ अपडेट रोकेको गुगलको घोषणा

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले सेप्टेम्बरमा पुरानो पिक्सेल वाच र पिक्सेल वाच २ का लागि वेयर ओएस ५ अपडेट पठाउन सुरु गरेको थियो। तर अपडेट सुरु भएलगत्तै धेरैले गम्भीर समस्या सामना गर्न थाले – अपडेटपछि वाच खाली स्क्रीनमा अड्किने समस्या देखिएको जीएसएमएरिनाले जनाएको छ।

गुगलले यी रिपोर्टहरूलाई ध्यानमा राख्दै सेप्टेम्बर २६ मा अपडेटको रोलआउट रोक्यो तर हालैमात्र आफ्नो सपोर्ट पेजमा यसको पुष्टि गरेको छ। कम्पनीले देखिएको समस्याको समाधान गरेपछि “यो वर्षको अन्त्यतिर” वेयर ओएस ५ अपडेट पुन: सुरु गर्ने योजना बनाएको बताएको छ।

यसको अर्थ, यदि तपाईं पिक्सेल वाच वा पिक्सेल वाच २ प्रयोगकर्ता हुनुहुन्छ र Wear OS 5 को प्रतीक्षा गरिरहनु भएको छ भने, अझै केही समय कुर्नुपर्ने सम्भावना छ।

प्रकाशित: २९ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...