काठमाडौं ।
काठमाडौं । भीभोले आउने महिनामा नया स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । चिनियाँ स्मार्टफोन मेकर भीभोले सेप्टेम्बरमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।
कम्पनीले यसको बारेमा आफ्नो आधिकारिक फेसबुक पेजबाट नयाँ फोनको बारेमा टिजर सार्वजनिक गरेको छ ।
सो टिजरमा अन्य कुरा उल्लेख नभएपनि नयाँ स्मार्टफोनमा भ्याली नोच डिजाइन डिस्प्ले हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै नयाँ डिभाइसमा इन डिस्प्ले फिंगरप्रिन्टसहित हुनसक्ने अनुमान छ । कम्पनीले यो प्रविधि यसअघि एक्स २१ र भीभो नेक्समा प्रयोग गरिसकेको छ । तर दुबै मोडलका फोनहरु नेपाली बजारमा भने उपलब्ध छैनन् ।
सार्वजनिक गरिएको टिजरमा ह्वेयर बिग स्टोरिज ह्यापेन भन्ने लेखिएको छ ।
त्यस्तै भारतमा भने कम्पनीले मिडिया इन्भिटेसन नै पठाएको छ जसअनुसार भीभो ११ बजारमा ल्याउन लागेको अनुमान गरिएको छ ।
यो डिभाइसको जानकारी केहि समयअघि लीक भएको थियो ।
रिपोर्टअनुसार फोन थाईल्याण्डको सर्टिफिकेसन एजेन्सीमा उपलब्ध रहेको थियो सो मोडल नम्बर भीभो १८०४ रहेको थियो ।
रिपोर्टअनुसार सो डिभाइसमा ६.४१ इन्चको फूलएचडी प्लस डिस्प्ले १९.५ः९ रेसियोमा हुनेछ । यसबाहेक फोनमा भी सेपको नोच हुनेछ ।
डिभाइसमा क्वालकम स्न्यापड्रागन ६६० चिपसेटका साथै ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज हुनेछ ।
फोटोको लागि फोनमा १२ प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामरा हुने रिपोर्टमा उल्लेख छ ।
टिजर नै आईसकेपछि यो फोन नेपाली बजारमा उपलब्ध हुने निश्चित भएपनि कुन मितिमा आउँछ भन्ने जानकारी छैन् ।
प्रकाशित: ३ भाद्र २०७५, आईतवार